शहिदभूमी गाउँपालिकामा स्थानिय तह निर्वाचन २०७४ मा कुन दलको वडा अध्यक्षले कति मत प्राप्त गरे ? मत सहित
धनकुटा,२८ माघ । सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरि सकेको छ । कुनै संकट नआएमा २०७९ बैशाख ३० गते ७ सय ५३ स्थानिय तहमा निर्वाचन हुने छ । विस्तारै निर्वाचनका अड्कलबाजी समेत सुरु भई सकेका छन् । यसै सन्दर्भमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाको वडा अध्यक्ष पदमा कुन राजनैतिक दलको अवस्था स्थानिय निर्वाचन २०७४ मा कस्तो थियो रु त्यस वेलाको परिणाम र अहिलेको राजनैतकि अवस्थाका आधारमा धनकुटा खवर ले गरेको विश्लेषण ।
७ वटा वडा रहेको शहिदभूमी गाउँपालिकाको वडा न १ को अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले ४ सय २८ मत प्राप्त गरेका थिए । नेकपा एमालेको उम्मेदवारले ३ सय ९६ , माओवादी केन्द्रका उम्मेदवारले १ सय ९४ मत प्राप्त गरेका थिए यस वडामा अध्यक्ष बाहेका अन्य पदमा एमालेका उम्मेदवार विजयी भएका थिए ।
वडा न २ मा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा एमाले उम्मेदवारले ५ यस ५३ मत प्राप्त गरेका थिए । त्यस वडामा नेपाली कांग्रेसका उम्मेदवारले २ सय ६७ मत प्राप्त गरेको थिए । माओवादी केन्द्रका उम्मेदवारले ३ सय ६३ मत प्राप्त गरेका थिए ।
वडा न ३ मा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा एमालेका वडा अध्यक्षका उम्मेदवारले ५ सय ६६ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवारले २ सय १४ मत प्राप्त गरेका थिए , माओवादी केन्द्रका उम्मेदवारले ४ सय १६ , राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गरेका थिए ।
वडा न ४ मा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा एमालेका वडा अध्यक्षका उम्मेदवारले ६ सय १५ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवारले ३९ मत , माओवादी केन्द्रका उम्मेदवारले २ सय ७२ , राप्रपाका उम्मेदवारले ३७ मत प्राप्त गरेका थिए त्यस्तै संघिय समाजवादी फोरम नेपालका उम्मेदवारले ३७ मत प्राप्त गरेका थिए ।
वडा न ५ मा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा एमालेका वडा अध्यक्षका उम्मेदवारले ३ सय ८५ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवारले २ सय ४४ , माओवादी केन्द्रका उम्मेदवारले १ सय ४, राप्रपाका उम्मेदवारले ८ मत प्राप्त गरेको थिए । संघिय समाजवादी फोरम नेपालका उम्मेदवारले २१ मत प्राप्त गरेका थिए ।
वडा न ६ मा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा एमालेका वडा अध्यक्षका उम्मेदवारले ७ सय ८३ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवारले ५ सय २१ , माओवादी केन्द्रका उम्मेदवारले ३४ , राप्रपाका उम्मेदवारले १८ मत प्राप्त गरेको थिए ।
वडा न ७ मा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा एमालेका वडा अध्यक्षका उम्मेदवारले ४ सय ८१ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका उम्मेदवारले ४ सय ४१ , राप्रपाका उम्मेदवारले २२ मत प्राप्त गरेको थिए ।
यसरी हेर्दा यस गाउँपालिकाका वडाहरुमा नेकपा एमाले २०७४ मा बलियो देखिएको छ तर स्थानिय तहले गरेका ५ बर्षका काम, जिल्लामा थपिएका मतदाता, पार्टी फुट(जुट , पार्टीले निर्वाचनका लागि उठाउने उम्मेदवार, चुनावमा हुन सक्ने गठबन्धन लगायतका कुराले आगामी निर्वाचनको परिणाम कस्तो हुन्छ भन्ने देखाउने छ ।
(उल्लेख भएको मत परिणमको स्रोत जिल्ला निर्वाचन कार्यालय धनकुटाले प्रकाशन गरेको स्थानिय तह निर्वाचन २०७४ एक झलक बाट)


