छथर जोरपाटी गाउँपालिका हात्तिखर्कमा नेपाली कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउपालिकाको हात्तिखर्कमा नेपाली कांग्रेसको भेला तथा पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको छ । हात्तिखर्कका सयौ जनसमुदायको उपस्थितिले नेपाली कांग्रेसको पक्षमा हात्तिखर्कमा जनलहर उर्लियो नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

धनकुटाको छथरजोरपाटीको वडा नं १ को हात्तिखर्कको पञ्चमीमा आयोजित नवगठित टोलवस्तीहरुको घोषणा सभा तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सवै टोलबाट सयौको संख्यामा मतदाताहरु उत्साहपूर्ण ढंगले उपस्थित भएको उल्लेख गर्दै कांग्रेसको पक्षमा हात्तिखर्कमा जनलहर उर्लिएको उसले जनाएको छ ।

वडा पार्टी कार्यालय उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईले धनकुटको सवै स्थानीय तहमा नेपाली कांग्रेसले जित्ने दावी गर्नु भयो ।

त्यस्तै प्रदेश कार्य समतिका सदस्य गोविन्द्र लिम्बु, धनकुटका जिल्ला सचिव विजय सन्तोषी राई,सहसचिव गिरिजा प्रसाद दाहाल,जिल्लाहरु सदस्य कमोट कुमार फागु,यानिन्द्र तिगेला,पूर्व जिल्ला सदस्य विष्णु पौडेल,छथरजोरपाटीका सभापती छत्र सुब्बा,सचिव पदम भट्टराई,पूर्व वडा सभापती चन्द्र अधिकारी लगायतले हात्तिखर्कको विकास र समृद्धीका लागी कांग्रेसलाई मत दिई बिजयी गराउन अपिल गरे ।

पार्टीका छथरजोरपाटी गाउँपालिका १ का वडा सभापती भोगेन्द्र अधिकारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक संघ हात्तिखर्कका अध्यक्ष भक्तमान लिम्बुले राख्नु भएको थियो भने संचालन सहसचिव बुद्धीराज लिम्बुले गर्नु भएको थियो ।

सो अवसरमा वरिष्ठ समाजसेवी स्व चक्र वहादुर कटुवालको स्मृतीमा उहाका जेष्ठ छोरा तोर्ण वहादुर कटुवालले विदेशबाट नेपाली कांग्रेस वडा कार्य समितिलाई साउण्ड स्टिम खरिद गर्नका लागि पठाउनु भएको रु २० हजार रुपैया चेक उहाकी माईली वुहारी नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य इन्दिरा थापा कटुवालले वडा सभापती भोगेन्द्रराज अधिकारीलाई प्रदान गर्नु भएको थियो । वडा पार्टी कार्यालयलाई महत्वपूर्ण थप सयोग गर्नुे हुने समेत वडा सभापती भोगेन्द्रराज अधिकारीले वताउनु भयो ।

त्यसैगरी जिल्ला सभापती दिनेश राई र जिल्ला सचिव विजय सन्तोषी राईले वडा नं १ वडा कार्य समितिलाई पार्टीको झण्डा ,भलिवल र कुर्सीहरु वडा सभापती अधिकारीलाई प्रदान गरेका थिए । ती सामाग्र पार्टीका महाधिवेशन प्रतिनिधि प्रकाश थुलुङ्गले सौजन्य गर्नु भएको जनाईएको छ । कार्यक्रममा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्यहरु पृथसिंह लिम्बु,इन्दिरा थापा कटुवाल, प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्य समितिका सभापती राजन पौडेल,सहसचिव मणी लिम्बु,सदस्यहरु बल वहादुर खड्का,भिष्म गुरुग,वडा नं ४ का सभापती डिल्ली लिम्बु,वडा नं ५ का सभापती ढकल सिंह लिम्बु लगायत नेताहरुको सहभागीता रहेको कार्यक्रममा पार्टीको गितमा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।