धनकुटा ५ मा कांग्रेसको चुनावी चहलपहल

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेस धनकुटाले आज देखी वडा भेला गरेर स्थानीय तहको चहलपहल शुरु गरेको छ ।

धनकुटा नगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसको गढ रहेकाले यसलाई कायम राख्नका लागी वडा अध्यक्ष लगायत वडा सदस्यहरुको उम्मेदवार छनौवट गरी जिल्लामा रिफारिस गर्नका लागी आज देखी वडाका टोल वस्ती समितिहरुको गठन र भेला गर्न शुरु गरी निर्वाचनको चहलपहल शुरु गरेको हो ।

उक्त वडा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव तथा धनकुटा नगरपालिकाका संयोजक विजय सन्तोषी राईले धनकुटा नगरपालिकाभरी नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनका लागी व्यापक जुटेकोले निर्वाचन कांग्रेसले जित्ने दावी गर्नु भयो ।

धनकुटा नगरपालिका वडा नं. ५ नेपाली कांग्रेसका वडा सभापती धन कुमार राईको अध्यक्षमा भएको वडा भेलामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला सहसचिव सिता श्रेष्ठ,जिल्ला सदस्य अम्विका परियार,धनकुटा नगर उपसभापति अभिषेक कर्माचार्य,पूर्व जिल्ला सदस्य दिनेश भण्डारी,वडा कार्य समितिका उपसभापती द्धय गोविन्द्र राई, शम्भु प्रधान लगायत वडा कार्य समितिका सदस्य तथा क्रियाशिल सदस्यहरुले वडा नं. ५ नेपाली कांग्रेसको किल्ला रहेकाले यस पटक पनि कायम राख्ने वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटा ५ वडा कार्य समितिले अहिले वडाका सवै टोल वस्तीहरुमा टोल समितिहरु गठन गरी निर्वाचनको लागी व्यापक जुटेको वडा सभापती तथा वडाध्यक्ष धन कुमार राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।