छथर जोरपाटी धनकुटामा निःशुल्क भिडियो एक्स-रे कार्यक्रम हुँदै
नारायण कुमार राई, धनकुटा । छथर जोरपाटी धनकुटामा ग,र्भवर्ती महिलाहरुका लागि निःशुल्क अल्ट्रा साउण्ड (भिडियो एक्स–रे) सेवा सन्चालन गरिनेभएको छ । प्रदेश सरकार,गाउापालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षिय सहकार्यमा हुने उक्त कार्यक्रम पालिकाका बिभिन्न ७ स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य ईकाइ मार्फत सम्पन्न हुन लागेको हो ।फागुन ८ गते देखि १७ गते सम्म सन्चालन हुने उक्त कार्यक्रममा मेडिकल डाक्टरको घुम्ती टोलीले सेवा दिने पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनुभयो । कार्यक्रम ८ गते वडा नं. ३ को ताँखुवा स्वास्थ्य चौकीमा,९ गते वडा नं. ५ को परेवादिन आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सन्चालन गरिनेछ ।त्यस्तै ११ गते वडा नं.६ को परेवादिन स्वास्थ्य चौकी सिंधुवामा,१२ र १४ गते वडा नं. २ को आधारभूत स्वास्थ्य सेवा केन्द्र जोरपाटी र सामुदायिक स्वास्थ्य ईकाइ सल्लेमा कार्यक्रम गरिनेछ ।१५ गते वडा नं. १ को हात्तिखर्क स्वास्थ्य चौकी र १७ गते वडा नं. ४ को तेलिया स्वास्थ्य चौकीमा कार्यक्रम हुने पालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस्.. गलकोट, ४ फागुन । तानमा बुनेको ढाका कपडाको विशेषता बेग्लै किसिमको हुन्छ । यसको महत्व नबुझ्दा ढाकाप्रति स्थानीयवासीको खासै आकर्षण छ्रैन । त्यसको प्रत्यक्ष प्रभाव तमानगाउँका महिलालाई पर्न गएको छ । चार वर्षदेखि ढाकाका कपडा उत्पादन गर्दै आएका तमानखोला गाउँपालिका–३ तमानगाउँका महिलाले यसको बजारीकरणमा समस्या भएको बताएका छन् । उद्यमीले उत्पादन गर्दै आएका ढाकाले बजार पाउन नसकेको हो । सुरु–सुरुमा स्थानीयवासीले चासो दिएर खरिद गरे पनि पछिल्लो समय ढाका कपडा बिक्न छाडेको छ । उत्पादित कपडा गोदाममै थन्किँदा महिला उद्यमी निराश छन् ।
चार वर्षदेखि निरन्तर ढाका कपडा उत्पादन गर्दै आएकी जुनामाया घर्ती बजारमा आएका औजारले बुनेका सस्ता कपडासँग प्रतिस्प्रधा गर्न नसकिएको बताउनुहुन्छ । ढाकाको महत्व नबुझ्दा उत्पादनले बजार नपाएको उहाँको बुझाइ छ । चौध जनाले सामूहिकरूपमा कल्याण आमा समूहको भवनमा ढाकाका कपडा बुन्दै आएकामा हाल सात जनामा सीमित भएको घर्तीले बताउनुभयो ।“हामीले आफ्नै खर्चमा तालिम लियौँ, स्थानीय उत्पादनका रुपमा कोसेली दिन ढाकाका कपडा तानमा बुन्न थालेका हौँ, सुरुमा राम्रै बिक्री भयो, लगानीसमेत उठायौँ”, उहाँले भन्नुभयो, “विस्तारै हाम्रो उत्पादन बढ्दै गयो, बिक्री घट्दै गयो, महङ्गो र यसको महत्व नबुझ्दा प्रयोग घट्न थालेको छ ।” गाउँपालिकाले बजारीकरण गर्न आवश्यक सहयोग गर्नुपर्ने घर्ती बताउनुहुन्छ ।
ढाकाका कपडाका कारण घरको चुलोचौकोमा सीमित तमानगाउँका महिलाको दैनिकी फेरिँदै गएको छ । ढाकाले बजार नपाउँदा भने उद्यमीमा निराशा छाएको छ । ढाका उद्योगले महिलाको आयआर्जनमा टेवा पु¥याएको जमुना घर्ती मगरले बताउनुभयो । “ढाकाको चोला, खास्टो, गलबन्दी, पछ्यौरालगायतको व्यापार खस्केको छ, हामी आफँै गाउँ गाउँमा पुगेर बिक्री गर्न थालेका छौँ”, उहाँले भन्नुभयो । व्यापारमा कमी आएपछि कतिपयले ढाका उद्योग छाडेर पुरानै काममा फर्केको अवस्था छ । केही उद्यमीलाई घरबाट असहयोग हुादा विस्थापित हुनुपरेको घर्ती बताउनुहुन्छ ।
स्थानीय सरकारले बजारीकरण गरे ढाका उद्योग फस्टाउने उहाँहरुको विश्वास छ । ढाका उद्योगमा अहिले ११ तान रहेका छन् । महिलाले उत्पादन गरेको स्वीटर, झोला, खास्टो, गलबन्दी, पछ्यौरालगायत ढाकाका कपडा अहिले उद्योगमै थन्किन थालेका छन् । समूहका सबैले सुरुआतमा जनही रु ६० हजार लगानी गरेर उद्योग सञ्चालन गरेका हुन् । उनीहरुले कपडा बनाउन चाहिने धागोलगायत सामान काठमाडौँबाट ल्याउने गरेका छन् । बजार व्यवस्थापनका लागि सरकारले सहयोग गरे आफूहरूलाई थप सहज हुने महिला उद्यमीको भनाइ छ । एउटा सल बुन्न दुईदेखि तीन दिन तथा अन्य कपडा बुन्न झण्डै एक हप्तासम्म लाग्ने गरेको महिला उद्यमी बताउँछन् । एउटा गलबन्दीको मूल्य रु एक हजारदेखि रु एक हजार ५०० तथा एउटा सलको रु एक हजार २०० देखि रु दुई हजार ५०० सम्म पर्छ ।


