अनेरास्ववियु धनकुटा जिल्ला आयोजक कमिटीद्वारा विद्यालय प्रारम्भिक कमिटी गठनलाई दियो तिव्रता
धनकुटा । निर्वाचनको मिति घोषणा भएसंगै अनेरास्ववियु धनकुटा जिल्ला आयोजक कमिटीले विद्यालय प्रारम्भिक कमिटी गठनलाई तिव्रता दिएको छ ।

धनकुटाका सातै तहमा अनेरास्ववियुले एकसाथ कमिटी गठन गर्न थालेको हो । कमिटिले विद्यार्थीको हक हितको लागि डटेर लड्ने र राष्ट्र विरोधि तत्वहरुको पत्तासाफ गर्ने अनेरास्ववियु केन्द्रिय कमिटी सचिबालय सदस्य तथा धनकुटा का इन्चार्ज क. अङ्कित थापा ले बताउनुभयो ।
यस्तै अनेरास्ववियु आयोजक कमिटी सचिव सन्तोष बुढाथोकीले अबको विद्यार्थीमा नयाँ कमिटीले राजनैतिक चेतको समेत वृद्दि गराउने बताउनुभयो ।
आज चौबिसे गाउँपालिका,महालक्ष्मी नगरपालिका र पाख्रीबास नगरपालिकामा कमिटी गठन सुरु भएको हो । चौबिसे गाउपालिकामा अनेरास्ववियु जिल्ला कमिटी धनकुटाका नेता प्रकाश गिरी,महालक्ष्मी नगरपालिकामा अनेरास्ववियु नगर कमिटी अध्यक्ष बिनोद बानिया र पाख्रीबास नगरपालिकामा अनेरास्ववियु जिल्ला आयोजक कमिटी सचिव सन्तोष बुढाथोकी र सह सचिब सुबन श्रेष्ठ को नेतृत्वमा गठन भएको हो ।
अनेरास्ववियु जिल्ला कमिटिको संगठन विस्तार कार्याक्रम अन्तर्गत आज अनेरास्ववियु नेता प्रकाश गिरिको प्रमुख आतिथ्यतामा,जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु चौबिसे गाउँपालिका अध्यक्ष युदिन चेम्जोङ साथै अनेरास्ववियू जिल्ला सदस्य सैलेन्द्र तामाङको उपस्तिथि मा कुरुले तेनुपा मा.वि मा अर्जुन घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय र संयुक्त मा.वि टोक्रोम्बामा नोगेनहाङ लिम्बुको अध्यक्षता मा ६७ सदस्यीय कमिटी निर्माण ।





