धनकुटा कांग्रेसको महासमिति सदस्यमा ११ जना निर्वाचित (सूचि सहित)
धनकुटा । नेपाली कांग्रेस धनकुटाको महासमिति सदस्यमा ११ जना नेताहरु निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत ठगिन कुमार राईका अनुसार महासमिति सदस्यमा निर्वाचित हुनेहरुका नामावली यसप्रकार रहेको छ ।
१.मनोहर नारायण श्रेष्ठ
२.हरी कुमार राई
३.आनन्द सन्तोषी राई
४.अग्नी प्रसाद पौडेल
५.अजित नारायण सिंह थापा
६.लिला सुब्बा
७.उदय लिम्बु
८.गंगाराम ढुंगाना
९.सिता श्रेष्ठ प्रधान
१०.सुमना तिम्सिना
११.महेन्द्र निरौला
निर्वाचित महासमतीका सदस्यरुलाई पार्टीका जिल्ला सभापती दिनेश राई,उपसभापतिहरु निर्मल ओझा,सुनिल कुमार डंगोल,जिल्ला सचिवहरु विजय सन्तोषी राई,जयन्द्र घिसिङ्,प्रवक्ता खगेन्द्र घिमिरे,क्षेत्रिय सभापती राजन पौडेल लगायले बधाई ज्ञापन गरेका थिए ।
महासमिति सदस्यमा निर्वार्चित नेताहरुले कांग्रेसलाई विजयी गराउन आफुहरु क्रियाशिल हुने वताएको जिल्ला सचिव राईले जानकारी दिनुभयो ।


