नेकपा एमाले पाख्रीबास नगरपालिका ९ चप्लेटीमा २५ सदस्यीय टोल कमिटी गठन
धनकुटा । नेपाल कम्युनिस्ट पार्टी एमालेले पाख्रीबास नगरपालिका ९ चप्लेटीमा २५ सदस्य टोलकमिटी गठन गरेको छ ।
वडा कमिटीको आयोजनामा चुङमाङ चप्लेटीमा बसेको आज बैठकले तारा धमला (सीता) को अध्यक्षतामा २५ सदस्यीय चप्लेटी टोलकमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा विनोद अधिकारी ,सचिवमा मंगल सिङ घिसिङ,सहसचिवमा योगेन्द्र तामाङ र दवेन्द्र तामाङ रहेका छन् । अन्य सदस्यहरुमा अनित तामाङ,सिला भुजेल ,पुष्प भुजेल ,गणेश आले मगर ,लक्ष्मी धमला ,खगेन्द्र आले मगर,गणेश राना मगर, मिना बस्नेत ,हेमकुमार बस्नेत ,शुनिल बस्ने ,रोसन बस्नेत ,फुलमाया तामाङ ,निर्मला तामाङ, जय बहादुर खत्री ,चित्र माया राना ,रिना राना मगर,टंक तामाङ,ईन्द्र बहादुर भुजेल ,सोमराज ठाडा मगर रहेकाछन् ।
टोल कमिटीको सल्लाहकारहरुमा शेर बहादुर तामाङ र नीर बहादुर जर्घा मगर रहेका छन् । बैठकमा वडा ,नगर र जिल्लाका नेताहरूको उपस्थिति थियो।


