धनकुटाका सबै पालिकामा निर्वाचन जिताउन सबै कमाण्डर सक्रिय

धनकुटा । नेपाली कांग्रेस धनकुटाद्धारा सात वटा पालिकामा खटाईएका कमाण्डरहरुले नया योजना र नया रणनितिका साथ धनकुटाको सात वटा पालिकामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनका लागी सक्रिय भएका छन । गाउ गाउमा उम्मेदवार बन्नेको दौड धुप संगै उम्मेदवारहरुको चर्चा परिचर्चा व्यापक शुरु भएको छ ।

नेपाली कांग्रेस धनकुटका सभापती दिनेश राईको अध्यक्षमा वसेको जिल्ला कार्य समितिको गत बैठकले सात पालिकामा जिम्मेवारी दिएका कमाण्डार तथा संयोजकहरु उपसभापती निर्मल प्रसाद ओझालाई मालक्ष्मी नगरपालिका,उपसभापती सुनिल कुमार डंगोललाई पाख्रिवास नगरपालिमा,सचिव विजय सन्तोषी राईलाई धनकुटा नगरपालिका,अर्का सचिव जयन्द्र घिसिङलाई सागुरीगढी गाउपालिका,सहचिव रोशन श्रेष्ठलाई छथरजोरपाटी गाउपालिका र अर्का सहसचिव गिरिजा प्रसाद दाहाल चौविसे गाउपालिका र प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे सहिदभूमीगाउपालिकामा कांग्रेसलाई जिताउन विभिन्न प्रकारका योजनाहरु र रणनितिहरु बनाई क्रियाशिल हुनु भएको छ ।

सात पालिकामा खटिएका संयोजक तथा ईञ्र्चाजहरुले आ आफ्नो पालिका अन्र्तगतका सवै वडाहरुका टोल टोल सम्म टोल समितिहरु निर्माण गर्ने र घर घरमा गएर प्रत्येक मतदाता मतदाता सम्म पुगरे जनताको सेवा गर्नका लागी सवै पालिका तथा वडाका नेताहरु परिचालित गरेको पार्टी सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

गाउ गाउमा गएर स्थानीय तहको निर्वाचनका तयारीका लागी सवै पालिकाहरुमा जिल्ला पदाधिकारीहरुलाई जिम्मेवारी दिएको वताउदै नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले यस पटक धनकुटाको सवै पालिकाहरुमा कांग्रेसले जित्ने संगठन निर्माण भैसकेको वताउनु हुन्छ ।धनकुटा नगरपालिका , पाख्रिवास नगरपालिका,महालक्ष्मी नगरपालिका,छथर जोरपाटी गाउपालिका,चौविसे गाउपालिका,सागुरीगढी गाउपालिका,सहिदभूमी गाउपालिकामा कांग्रेसको पक्षमा अहिले व्यापक जनमत सिर्जना हुदै आएकोले कांग्रेसजन उत्ताहित बनेका छन ।

गत स्थानीय निर्वाचनमा धनकुटा नगरपालिका,चौविसे गाउपालिका र सागुरीगढी गाउपालिकामा झिनो मतले पराजित भएको कांग्रेस यस पटक स्पष्टका साथ ठूलो मतको अन्तरले कांग्रेसले विजयी प्राप्त गर्ने आधार बनेको र अन्य चार पालिकाहरु मध्य पाख्रिवासमा,महालक्ष्मी नगरपालिका ,छथरजोरपाटी र सहिद भूमी गाउपालिकामा समेत पार्टी प्रवेशको जनलहरु बढेर गएको र संगठन टोल स्तर सम्म बनिसकेकोल पनि कांग्रेसले निर्चावनमा जित्ने दावी गरेको पार्टी प्रवक्ता खगेन्द्र घिमिरे वताउनु हुन्छ ।

स्थानीय तहमा निर्वाचत नेकपा एमालेका जनप्रतिनिधिहरुले निर्वाचन ताका गरेको प्रतिवद्धता कुनै पनि पुरा नगरेको व्यापक वेरुजी र भ्रष्टाचार गरेको र अहिले पनि जनतालाई सधै ढाट्ने कार्य गरिरहेकाले पनि यस पटक धनकुटेली मतदाताहरुले रुखमा मतादान गरी कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउने विश्वास लिएको पार्टी सभापती दिनेश राईको दावी छ । यस पटका निर्वाचनमा सम्पूर्ण शक्ति लगाएर कांग्रेसलाई विजयी गराउन कुनै पनि कसुर बाकी नराख्ने समेत वताउनु हुन्छ सभापती राई ।

नेपाली कांग्रेस धनकुटाका सवै नेता तथा कार्यकर्ताहरु यतिवेला गाउ गाउ गएर निर्वाचनको व्यापक तयारी गरिएको र सम्भावित प्रमुखहरु,उपप्रमुखहरु र वडा अध्यक्ष तथा सदस्यहरुको समेत वडा समितिहरुलाई व्यापक छलफल गरी सिफारिस गर्न नेपाली कांग्रेस जिल्ला समितिले दिए पछि कांग्रेस अहिले वडा वडामा केन्द्रि भएको छ भने उम्मेदवार बन्ने चर्चा परिचर्चा बढेर गएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।