एमसीसीको बिषयमा संसदले निर्णय दिन्छ : सहमहामन्त्री आङदम्वे

धनकुटा, १३ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्वेले एमसीसी बिषयमा वादविवाद गर्नु भन्दा पनि संसदले निर्णय गर्नु पर्ने बताउनु भएको छ । नेपाली कांग्रेस धनकुटाले धनकुटामा आयोजना गरको अगुवा कार्यकर्ता भेला लाई सम्बोधन गर्दै उहाँले एमसीसीको बिषय धेरै वटा सरकारले अघि बढाएर यहाँ सम्म ल्याई सकेकोले यसलाई निकास दिन आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले अब यसको बिषयमा वादविवाद गर्नु भन्दा पनि संसदले निर्णय गर्छ । साथै उहाँले कम्यूनिष्ट पाटीका नेताले देखाउने दोहोरो चरित्रका कारण नेपाली जनताले धरै दुख पाएको समेत बताउँनु भयो कम्यूनिष्ट नेता देश विकास गर्ने भन्दा पनी आफ्नो निजी स्वार्थ कसरी पूर्ति गर्न सकिन्छ भन्नेमा ध्यान दिने भएकाले विकासका ठूला आयोजनाहरुमा विवाद हुने गरेको समेत बताउँनु भयो । उहाँले भन्नु नेपाली कांग्रेस एमसीसी पास गराउने बिषयमा प्रस्ट रहेको छ ।

चार वटा निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सम्पन्न
विराटनगर, १३ फागुन। प्रदेश नंं.१ मा आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले विभिन्न चार वटा विषयमा निर्णयहरू गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार, बैठकले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायहरूको संगठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने, प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान नियमावली– २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।