नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला सम्पन्न
धनकुटा,१३ फागुन । नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेपाली कांगे्रसका सहमहामन्त्री भिष्मराज आङ्गन्दबेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मपन भएको छ । कार्यक्रमा बोल्दै नेपाली कांगे्रसका सहमहामन्त्री भिष्मराज आङदम्वेले एमसीसी बिषयमा वादविवाद गर्नु भन्दा पनि संसदले निर्णय गर्नु पर्ने बताउनु भएको हो ।
नेपाली कांग्रेस धनकुटाले धनकुटामा आयोजना गरको अगुवा कार्यकर्ता भेला लाई सम्बोधन गर्दै उहाँले एमसीसीको बिषय धरै वटा सरकारले अघि बढाएर यहाँ सम्म ल्याई सकेकोले यसलाई निकास दिन आवश्यक रहेको बताउनु भएको हो । उहाँले अब यसको बिषयमा वादविवाद गर्नु भन्दा पनि संसदले निर्णय गर्नु पर्ने बताउनु भएको हो । साथै उहाँले कम्यूनिष्ट पाटीका नेताले देखाउने दोहोरो चरित्रका कारण नेपाली जनताले धरै दुख पाएको समेत बताउँनु भयो कम्यूनिष्ट देश विकास गर्ने भन्दा पनी आफ्नो निजी स्वार्थ कसरी पूर्ति गर्न सकिन्छ भन्नेमा ध्यान दिने भएकाले विकासका ठूला आयोजनाहरुमा विवाद हुने गरेको समेत बताउँनु भयो ।
कार्यक्रमा बोल्दै नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवम् केन्द्रिय सदस्य सुनिल बहादुर थापाले अव सबै नेता कार्यकर्ता स्थानिय तहको निर्वाचनमा केन्द्रित हुनु पर्ने बताउनु भयो । उहाँलेले अबको स्थानिय तहको निर्वाचनमा अघिल्लो स्थानिय तहको जस्तो धनकुटामा कांग्रेस कमजोर नभएको समेत उहाँको भनाई थियो । त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तारामान गुरुङ्गले धनकुटा कांग्रेस आगामी निर्वाचनमा सबै क्षेत्रमा जीतहासिल गर्ने अभियानमा केन्द्रित रहरे गाउँ गाउँमा खट्नु पर्ने बताउनु भयो ।
त्यस्तै नेपाली कांग्रेस प्रदेश न १ का सभापती उद्धव थापाले स्थानिय तहको निर्वानमा पाटीमा गरेको योगदानको मूल्याकन, जनतामाझ रुचाइएको र जित्न सक्ने उम्मेदवारले मात्र टिकट पाउने र कुनै नेताको चाप्लुसीको आधारमा कसैले पनि अव टिकट नपाउँने बताउनु भयो । त्यस्तै प्रदेश महामन्त्री भूपेन्द्र राईले राजनिती हार्नका लागि नगरीने भएकोले जितेर आफ्नो पाटीको सिद्धान्त अनुसार जनताको सेवा गर्न कांग्रेस नेताहरुलाई आग्रह गर्नु भयो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस प्रदेश न १ की सहमहामन्त्री प्रमिला गच्छेदार नेपाली कांग्रेस धनकुटाका महासमिती सदस्य आनन्द सान्तोषी राई, नेता कमोट फोगो लागयतले कांग्रेस लाई बलियो बनाउनका लागि सबै नेता कार्यकर्ता एकजुट हुनु पर्ने बताउनु भयो ।
कार्यक्रमको सभापती नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले धनकुटामा कांग्रेसले लाई राष्टिय तथा अन्र्तराष्टिय राजनैतिकको रुपमा कमजोर बनाउन पहिला खेल हुने गरेको र अहिले त्यो खेल समाप्त भएकोले कांग्रेस सशतm पाटीको रुपमा धनकुटामा स्थापित भएको बताउनु भयो । कार्यक्रमा नेपाली कांग्रेस धनकुटाका पदाधीकारी सदस्य , अन्य नेता, भातृ तथा शुभेक्षुक संगठनका प्रमुख तथा प्रतिनिधी नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


