एमाले र जनता समाजवादी पार्टी परित्याग गर्दै दर्जनौ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

धनकुटा । धनकुटामा नेकपा एमाले र जनता समाजवादी पार्टीका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा नेकपा एमालेका नेता अजितमान गजमेर, जनता समाजवादी पार्टीका सोम वहादुर राई,सविन्द्र राई,नार्गजुन नगरपालिका वडा नं ४ का निर्वाचित सदस्य तथा महिला नेतृ निरा गजमेर, वडा नं ६ का काजिलाल राई लगायत रहेको नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

उनिहरुलाई शुक्रबार धनकुटामा आयोजित वृहत भेलाको अवसरमा कांग्रेसमा प्रवेश गराईएको छ । उनिहरुलाई कांग्रेस सहमहामन्त्री भिष्मराज आङदम्बे,पूर्व मन्त्रि केन्द्रिय सदस्य सुनिल वहादुर थापा,केन्द्रिय सदस्य तारामान गुरुङ, १ नं प्रदेश कार्य समितिका सभापती उद्धव थापा,महामन्त्री भूपेन्द्र राई,जिल्ला सभापती दिनेश राई लगायतका नेताहरुले खादामाला लगाई स्वागत गरेका थिए ।

धनकुटा नगरपालिकाका १० वटै वडाबाट यस अघि पनि ४ सय २७ जना विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरिसकेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

वृहत भेलाको अवसरमा नेपाल शिक्षक संघ धनकुटा नगरको अधिवेशनबाट निर्वाचित अध्यक्ष लक्ष्मी सापकोटा लगायतका नयाँ कार्य समितिका पदाधिकारीलाई बधाई ज्ञापन गरिएको थियो ।

धनकुटामा अहिले विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने लहर नै चलेकोलेको जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।