पाख्रीबासमा कांग्रेसको रणनीतिक भेला सम्पन्न
धनकुटा । आगामी स्थानिय तह निर्वाचनमा कांग्रेसलाई जिताउन गाउँ गाउँमा पुगेर विभिन्न योजना सञ्चालन गर्ने निर्णय गर्दै नेपाली कांग्रेस पाख्रीवास ७ र ८ नं वडाको रणनीतिक तयारी भेला सम्पन्न भएको छ ।
वडा नं ७ र ८ का पार्टीका नेता कार्यकर्ताहरुको वृहत सहभागीतामा सञ्चालित भेला स्थानिय तह निर्वाचनका लागि विभिन्न रणनीति तयार गरेको छ ।
भेलालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य सुनिल वहादुर थापाले जिल्लाको विकास र मुगाको समृद्धीका लागि कांग्रेसले जित्नु पर्ने वताउनु भयो । त्यस्तै जिल्ला सचिव विजय सन्तोषी राईले प्रत्येक मतदाता सम्म पुगेर रुख चिन्हमा मतदान गर्न अनुरोध गर्न सवैलाई आग्रह गर्नु भयो ।
पार्टीका पाख्रीवास ७ का सभापती पूर्ण वहादुर राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जिल्ला तथा नगर का नेताहरुले स्थानिय तह निर्वाचनमा पार्टीको जितका लागि नया योजना तथा रणनीति प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संचालन यूवा नेता गोकुल घिमिरेले गर्नु भएको थियो । भेन कार्यक्रमको उद्देश्य वडा नं ८ का सभापती गजेन्द्र राईले स्पष्ट पार्नु भएको थियो ।


