कांग्रेस कैलालीको सभापतिमा नारायण भट्ट विजयी

धनगढी, १९ फागुन । नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् ।

पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतमिा विजयी भएका हुन् । सभापतिमा विजयी भएका नारायाणदत्त भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिष्पर्धी प्रकाश बमले १ हजार ९६ मत पाएका हुन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बिहीबार धनगढी स्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा दोश्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणबाट बाहिरिएको कोइराला समुहले वमलाई समर्थन गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा कोइराला पक्षले १ सय ९७ मत ल्याएको थियो । कोइराला पक्षले सहयोग गर्ने घोषणा गरेपनि बमको मत भने पहिलो चरण भन्दा दोश्रो चरणमा घटेको छ । प्रकाश वमले पहिलो चरणमा १ हजार १६९ मत ल्याउँदा दोश्रो चरणमा उनको मत घटेको छ ।

कांग्रेस कैलालीमा २ हजार ५ सय ७५ मतदाता रहेकोमा दोरुो चरणको मतदानमा २ हजार ४ सय ६७ मतदाता सहभागि भएका थिए ।
सभापतिको टुङ्गो लागेसंगै आज राती देखिनै अन्य पदाधिकारीको मत गणना सुरु हुने कांग्रेस कैलालीका लागि निर्वाचन अधिकृत टेकनाराण सुवेदिले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।