मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दीमाः नेता गिरी

बुटवल, १९ फागुन । एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दी गर्नमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

सभामुखको भूमिकाका कारण एमालेले निश्चित उद्देश्यका साथ संसदमा अवरोध जारी राखेको तर यसको दोष पनि एमालेमाथि थोपर्न खोजिएको भन्दै उनले सञ्चारकर्मीहरुलाई तथ्यमा रहेर समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

प्रेस चौतारी नेपाल रुपन्देहीद्वारा बिहीबार बुटवलमा आयोजित नयाँ कार्यसमितिको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका गिरीले यस्तो बताएका हुन् ।

उनले राष्ट्रियताका मुद्दामा एकतावद्ध भएर कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे । नेता गिरीले राजनीतिक आस्थाका आधारमा कलम चलाउने भन्दा पनि सही र रचनात्मक आलोचनामा केन्द्रित रहेर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी तीनै तहको निर्वाचनमा जुनसुकै गठबन्धनलाई पराजित गर्ने तागत एमालेसँग रहेको भन्दै पार्टी अव निर्वाचनमा केन्द्रित भएको बताए ।

एमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मुलुकको विषम परिस्थितिमा सञ्चारकर्मीहरुको काँधमा गहन जिम्मेवारी र दायित्व आएको बताउँदै राजनीतिलाई सही दिशामा अघि बढाउनेतर्फ भूमिका खेल्न आग्रह गरे । उनले बुटवल उपमहानगरपालिकाले थुप्रै विकासका योजना कार्यान्वयनमा ल्याइसकेको बताए ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले संगठनलाई एकतावद्ध बनाएर विद्यमान चुनौतीलाई आत्मसाथ गर्ने गरी अघि बढ्न प्रेस चौतारीको नयाँ कार्यसमितिलाई शुभकामना दिए । एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले सञ्चारकर्मीहरुसँग पार्टीले सहकार्य गरी अघि बढ्ने बताउँदै जिम्मेवार भएर कलम चलाउन आग्रह गरे ।

त्यस अवसरमा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत केसी, पूर्व केन्द्रीय उपाध्यक्ष मोहन चापागाई, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, प्रेस चौतारीका केन्द्रीय सदस्य दिनेश पाण्डे लगायतले पत्रकारहरुको व्यावसायिक दक्षता र क्षमताका लागि प्रशिक्षण आवश्यक रहेको भन्दै यसतर्फ भूमिका खेल्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस चौतारी रुपन्देहीका निवर्तमान जिल्ला अध्यक्ष अमृत गिरी, वर्तमान अध्यक्ष लक्ष्मण पौडेल, सचिव केशव भण्डारी, प्रेस युनियन रुपन्देहीका उपसभापति दिपक घिमिरेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अध्यक्ष अमृत गिरीले नवनिर्वाचित अध्यक्ष लक्ष्मण पौडेललाई पदहस्तान्तरण गर्दै संगठनको माइन्यूट प्रदान गरेका थिए ।

त्यस अवसरमा प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली र पत्रकार डिआर घिमिरेलाई अग्रज पत्रकारको रुपमा सम्मान गरिएको थियो । त्यस्तै पत्रकारहरु विरेन्द्र मिश्रा, कृष्ण मल्ल र अरुण ज्ञवालीलाई दुर्गा खनाल स्मृती पत्रकारिता पुरस्कार तथा दिनेश श्रेष्ठ, शशि पन्थी र विष्णु खत्रीलाई प्रेस चौतारी युवा प्रोत्साहन पत्रकारिता पुरस्कारबाट नगदसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी पुर्व अध्यक्षहरु बद्रिनाथ पाण्डे, मोहन चापागाई, शेरबहादुर केसी, भरत केसी, दिनेश श्रेष्ठ र प्रदिप आचार्यलाई पनि सम्मान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।