समयमा निर्वाचन गर्न उपाध्यक्ष नेम्वाङको आग्रह

काठमाडौँ, २१ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गर्नुभएको छ ।

प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको आज आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उहाँले तोकिएको समय (वैशाख ३०) गते नै स्थानीय तहको निर्वाचन गर्न माग गर्नुभयो । उपाध्यक्ष नेम्वाङले निर्वाचनमा गएर राजनीतिक दललाई जनताले दूधको दूध र पानीको पानी छुट्याउन दिनुपर्ने बताउनुभयो । उहाँले संविधान अनुसार अब तीनै तहको निर्वाचनमा होमिनुको विकल्प नरहेकोसमेत बताउनुभयो ।

कार्यक्रममा एमाले बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले पत्रकारले सत्य–तथ्य र निष्पक्षताका आधारमा जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालको बागमती प्रदेशभित्रको चितवन शाखालाई उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरिएको छ । कार्यक्रममा चौतारीका पूर्व अध्यक्ष गगन विष्ट, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष टीका विष्ट, गणेश पाण्डे, महासचिव राजेश राई, उपमहासचिव हीरामान लामा, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, प्रतिष्ठानका इञ्चार्ज हरिबल्लभ नेपाल, एशोसिएट प्रदेशका इञ्चार्ज रामेश्वर कार्कीलगायतले महाधिवेशनपछि चौतारीले वैचारिक, व्यावसायिक र साङ्गठनिक क्षेत्रमा सक्रियता अपनाउने बताउनुभयो । चार वटै प्रदेशका अधिवेशनको बन्दसत्रले आजै नयाँ नेतृत्व चयन गर्नेछ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।