एमालेका बानियाँको सांसद पद निलम्बन

काठमाडौं, २२ फागुन /ब ला त्का र गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् ।

मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले ब ला त्का रको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ ।उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् ।

रत्नेचौरमा धार्मिक महोत्सव
बेनी, २२ फागुन (रासस) ःम्याग्दीको बेनी नगरपालिका–१स्थित रत्नेचौरमा हुन लागेको धार्मिक महोत्सवको तयारी पूरा भएको छ । रत्नेचौरको पदम वैदिक सनातन धार्मिक आश्रमस्थित श्रीलक्ष्मी हरि मन्दिरमा यही फागुन २३ देखि ३० गतेसम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ आयोजना गर्न लागिएको हो।

लक्ष्मीहरि भगवान्को २५औँ रजतजयन्ती तथा मन्दिर संस्थापक जगतगुरु जीयर स्वामीजी महाराजको शताब्दीऔँ जन्मदिनका अवसरमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको अधिकांश तयारी पूरा भएको मन्दिरका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिनुभयो । सोमबार महोत्सवको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)ले उद्घाटन गर्नुहुने भएको छ । उद्घाटन कार्यक्रममा साँस्कृतिक झाँकीसहित हेलिकप्टरमार्फत पुष्पवृष्टि गर्ने कार्यक्रम तय गरिएको छ ।

रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर, प्रचारप्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फी विकासका लागि महोत्सवले सहयोग गर्ने अपेक्षा गरिएको वडाध्यक्ष एवं मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । “तोरीबारीका कारण भाइरल बनेको रत्नेचौरमा धार्मिक पर्यटनको समेत सम्भावना छ, यो धार्मिक महोत्सवले यहाँका धार्मिक स्थलको गरिमा बढाउन सहयोग पुग्ने हामीले विश्वास गरेका छौँ”, उहाँले भन्नुभयो ।

महाज्ञयका अवसरमा विभिन्न जिल्लामा रहेका धार्मिकस्थलबाट समेत भक्तजनको आगमन हुने जनाइएको छ । धार्मिक महोत्सवको प्रचारप्रसार तथा आवश्यक तयारीका लागि गठित १५१ सदस्यीय समितिले अधिकांश काम पूरा गरेको प्रचारप्रसार समितिका संयोजक विक्रम बोगटीले जानकारी दिनुभयो ।

महोत्सवमा छिमेकी जिल्लाका साथै विभिन्न क्षेत्रमा रहेका धार्मिक सङ्घसंस्थालाई समेत सहभागिताका लागि अनुरोध गरिएको छ । यस अगाडिसमेत विभिन्न समयमा आयोजित महायज्ञबाट मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको थियो ।भौगोलिकरुपमा रमणीय र मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको रत्नेचौरको धार्मिक महिमालाई उजागर गर्न महोत्सव सहयोगी हुने स्वामी हिमालय बाबाजीले बताउनुभयो । महायज्ञमा सङ्कलन हुने रकमलाई यस क्षेत्रको धार्मिक पर्यटन पूर्वाधार निर्माणमा परिचालन गरिने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।