ओली निवासमा करिश्मा मानन्धरको प्रवेश

काठमाडौं । नायिका करिश्मा मानन्धरले निवसमै पुगेर नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटघाट गरेकी छिन् ।

नेकपा एमालेकी नेत्री एवं प्रतिनिधिसभाका संसद गंगा चौधरीले आफ्नो सामाजिक संञ्जाल फेसबुकमा केही तस्बिरहरु सार्बजनिक गर्दै नायिका करिश्मा मानन्धर सहित केही कलाकारको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाट गरेको जानकारी दिएकी छिन् ।

पाँच वर्ष पहिले डा. बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको नयाँ शक्ति पार्टीमा लागेकी करिश्मा मानन्धर बिचमै छाडेर स्वातन्त्र बसेकी थिइन् तर पछिल्लो समय केपी शर्मा ओलीको खुबै प्रंशशा गर्ने गरेकी छिन् । उनी नेकपा एमाले प्रवेश गर्ने चर्चा पनि चल्दै आएको छ ।

बारा कांग्रेसको सभापतिका लागि पुनः मतदान हुने
कलैया, २६ फागुन (रासस) :नेपाली कांग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ । कूल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई हजार ४०० मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिनुभयो ।

सभापतिका उम्मेदवार राजेशराय यादवले ८३३ मत सहित पहिलो, शम्भुबहादुर बुढाथोकी ८०९ मतसहित दोस्रो र रमानन्द यादव ७०८ मतसहित तेस्रो स्थानमा आउनुभएको छ । निर्वाचन अधिकृत उप्रेतीले २८ मत बदर भएको जानकारी दिनुभयो ।

यस निर्वाचनमा ५१ प्रतिशत मत हासिल गर्न कुनै पनि उम्मेदबारले नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ ।

बिहीबार दुई उम्मेदवारबीच छलफल गरेपछि अर्काे निर्वाचनको मिति तोक्ने निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिनुभयो । सम्भवत फागुन २७ गते नै निर्वाचन गर्ने गरी छलफल अगाडि बढाइएको निर्वाचन अधिकृत उप्रेतीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।