ड्रागनफ्रुट फलमा देखिएको समस्या र त्यसको समाधानका उपायहरु
जीवनप्रसाद राई । धनकुटा नगरपालिकाले २०७५ सालबाट नै आय आर्जनका लागि संचालन थालेको ड्रागनफलको खेतीमा पछिल्लो समय केही समस्याहरु देखा परेको छज । त्यो समस्या कुनै रोग भन्दा पनि मौसमी समस्या हो । ड्रागनफल उष्ण तथा समशीतोष्ण हावापानी भएको ठाँउमा खेती गर्न सकिने हुनाले यसले चिसो पटक्कै सहन सक्दैन । मुख्यतः ड्रागनफलमा हाल देखिएको समस्या त्यस्तै चिसोको कारणले नै भएको हो ।

बिशेषता यस साल पछिल्लो समयमा परेको झरी खासमा कार्तिकको पहिलो साता परेको झरी तथा त्यसपछि पनि निरन्तर रुपमा मौसममा चिसोपना र माघ महिना भर नै अधिक चिसो भएको कारणले समस्या उत्पन्न भएको हो । यसको उपचार मौसममा आउने परिवर्तन खासमा गर्मी चढे संगै आफै ठिक भएर जाने हुन्छ ।
मुख्यतः हाल धनकुटामा देखिएको ड्रागनफलको कुहिने जस्तो देखिएको समस्या ड्रागनफलको कुनै पनि रोग संग मिल्दोजुल्दो छैन । ड्रागनफलमा लाग्ने रोगहरु जस्तै एन्थ्रेगनोज, फन्गलका कारणले हुने रोग वा क्याङ्गकरका कारणले हुने रोगहरु संग मिल्दैन । भक्तपुर तथा काठमाण्डौका ठाँउहरुमा पनि यस्ता प्रकारका समस्याहरु देखापरेका थिए तर पछि आफै नै समाधान भएर गएका छन । तर ब्यवसायिक रुपमा काम गर्न चाहनेहरुलाई यस्ता खालका समस्याले केही आतिने बातावरण तयार हुने कारणले गर्दा यसलाई सामान्य रुपमा लिन हुन अनुरोध सहित यो लेख तयार पारिएको हो ।
यस प्रकारको चिसोले उत्पन्न हुने समस्या पछि गएर ढुसीजन्य आ’क्र’मण भई रोगको रुपमा समेत परिणत हुने वा हुन सक्ने हुनाले गर्दा अधिक समस्या भएको ड्रागनफलका बोटहरुमा मेन्कोजेव अर्थात ईन्डोफिल एम ४५ वा डायोथान एम ४५ वा अन्य कुनै पनि यस्तै काम गर्ने बि’षादी बजारमा उपलब्ध रहन्छ त्यही बिषादी नै प्रतिलिटर पानीमा २ ग्रामका दरले घोलेर ७ दिनको फरकमा ३ पटक सम्म चलाएर पनि नियन्त्रण गर्न सकिन्छ । तर यसको लागि अधिक समस्या छैन भने कुहिएका बोटहरुलाई काटेर हटाउने र चिसोबाट बचाउने उपाय गर्नु सबैभन्दा राम्रो हुन्छ । तर धेरै क्षेत्रफलमा लगाईएको बाली वा बोटहरु रहेका छन भने टनेल वा अन्य प्रत्येक बोटलाई छोप्नु निकै समस्या हुन्छ । यसैले गर्दा अधिक समस्या नै भएको खण्डमा बि’षादी नै चलाउनु पर्दछ तर थोरै संख्यामा रोपिएको बोटहरुमा समस्या आएमा बिषादी चलाईरहन पर्दैन ।
(लेखक बिगत एक दशक देखि नेपालमा ड्रागनफल खेती अभियनमा संलग्न रहेका छन । उनी धनकुटा जिल्लामा ड्रागनफललाई जनस्तरमा परिचय दिलाउने ब्यक्ति समेत हुन । -सम्पादक)


