सुनसरीमा बढ्यो निर्वाचन गतिविधि

इनरुवा, २९ फागुन । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ उनीहरु भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्र पारेका छन् । सरकारले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गतेलाई तय गरेको छ । कांगे्रसले सुनसरीको १२ स्थानीय तहको १२४ वटै वडामा टोल समिति गठन गर्नुका साथै पालिकास्तरीय, प्रदेशसभास्तरीय र सङ्घीय निर्वाचन क्षेत्रस्तरीय भेला सम्पन्न गरेको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

त्यसैगरी एमालेले जिल्लाको विभिन्न स्थानीय तहमा चुनाव लक्षित कार्यक्रमलाई अगाडि बढाएको पार्टीका जिल्ला सचिव पर्शुराम यादवले जानकारी दिनुभयो । पार्टी टोल समिति गठन, १२ स्थानीय तहको १२४ वटै वडामा टोलभेला तथा प्रशिक्षण गर्ने तयारीमा जुटेको छ । एउटा वडामा पाँचदेखि २५ वटासम्म टोल कमिटी गठन गरिएको यादवले बताउनुभयो । भ्रातृ संस्थाको भेला, प्रशिक्षण र कमिटी गठनको कार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

यस्तै माओवादी केन्द्रले पार्टीको नगर तथा गाउँपालिकामा जनवर्गीय सङ्गठन गठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाएको जिल्ला संयोजक योगेन्द्रप्रसाद मण्डलले जानकारी दिनुभयो ।

त्यसैगरी जनता (समाजवादी पार्टी)ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कमिटी गठन गर्ने, प्रशिक्षण अभियान सञ्चालन गर्नेलगायत कार्य अगाडि बढाएको जिल्ला अध्यक्ष भगिरथ खत्वेले जानकारी दिनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।