झलझली अनुहार याद आउँछ, कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन

काठमाडौं, ६ चैत /एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन् ।

‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ । कसरी मतपत्र एमालेको खाली गर्ने होला ? केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला ? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि ? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ ?’ नेम्वाङले प्रश्न गरे ।

उनले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी गरे । जुन देखेर खनाल छक्क परिरहेका होलान् भन्दै कटाक्ष गरे । ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई-मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू’, पार्टी अध्यक्ष ओलीलाई छेउमा राखेर नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ । कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन ।’

एमाले विभाजनपछि धेरै क्षति भएको इलाम क्षेत्र नम्बर १ मा हो । यस क्षेत्रका संघीय सांसद खनाल हुन् । पटकपटक त्यही क्षेत्रबाट निर्वाचन जितेर खनाल प्रधानमन्त्रीसमेत भइसकेका छन् । हाल एकीकृत समाजवादीमा छन् । सोही क्षेत्रको प्रदेश सांसद खिनु लङ्वा लिम्बू पनि खनाल रहेको पार्टीमै छिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।