गठबन्धनले एमालेलाई सक्दैनाैं भन्ने बुझ्न बाँंकी छः ओली

भक्तपुर,एमालेका अध्यक्ष केपी ओलीले सरकारमा रहेका राजनीतिक दलहरूले अबको चुनावमा गठनबन्ध गरेर गए मात्रै एमालेसम्म भिडन् सक्ने भन्ने सही कुरा बुझेको, तर उनीहरूले गठबन्धन गर्दा पनि एमालेलाई हराउन नसक्ने रहेछ भन्ने कुरा बुझन बाँंकी भएको बताएका छन् ।

गठनबन्धन गरे पनि एमालेलाई नभ्याउने कुरा ३० वैशाखमा हुने निर्वाचनको परिणामपछि मात्रै गठनबन्धनका दलहरूले थाहा पाउने उनको भनाइ छ । भक्तपुरको आदर्शस्थित सूर्यविनायक तरकारी बजारको बुधबार उदघाटन गर्दै उनले गठनबन्धन दलहरूलाई नटुट्न आग्रह गरे । गठबन्धन दल टुटेफुटेमा एमालेसँंग चुनाव लडने हिम्मतै गर्न नसक्ने भन्दै त्यसो भयो भने एमालेलाई पनि चुनाव लड्दा मज्जा नआउने बताए ।

‘स-साना बच्चाहरूसँंग जसरी ठूलो मान्छेलाई लड्न मज्जा आउँंदैन, त्यसरी नै यी गठबन्धनका दलहरूसँंग चुनाव लड्न हामीलाई मज्जा आउँंदैन,’ सता गठबन्धनमा रहेका दलहरूलाई बच्चाको संज्ञा दिंदै उनले भने, ‘तिनीहरू सबै एक भए पो बलवान हुन्छ र बराबरी ताकत भएकासँंग भिड्न एमालेलाई मज्जा आउँंछ ।’

तरकारी बजारका अध्यक्ष एवं चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले विदेशमा होइन, स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाले बजार सञ्चालनमा ल्याएको बताए । उनले विचौलिया अन्त्यका लागि तरकारी बजार सञ्चालनमा ल्याएको दाबी पनि गरे । प्रसाईले किसानले मूल्य नपाउने तर विचौलियाले खाने गरेका कारण त्यसको अन्त्यका लागि आफूले तरकारी बजार सञ्चालनमा ल्याएको बताए ।

‘किसानले अब यहाँं सिधै बेच्न सक्छन्,’ उनले भने, ‘हामी उनीहरूलाई उचित मूल्य दिन्छौं ।’ प्रसाईले नेपालको नाम मात्रै कृषि प्रधान भएको, तर त्यसअनुसार केही पनि काम नभएको बताए । उनले कृषिमा क्रान्ति आवश्यक भएको पनि बताए । तरकारी बजार दुई अर्ब लगानीमा सञ्चालनमा ल्याएको र चार हजार चार सयले रोजगारी पाउने व्यवस्थापन पक्षको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।