एमाले एक्लै चुनाव लड्छ : अध्यक्ष ओली

भक्तपुर, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।

व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्राली’को उद्घाटन गर्दै उहाँले एमालेले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताउनुभएको हो ।

अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा देशमा समृद्धि ल्याइने पनि बताउनुभयो । उहाँले भारतसँग मात्र नभएर चीनसँग पनि पारवहन सम्झौता भएको उल्लेख गर्दै नेपालले समुद्रबाट पनि सामान ल्याउन सक्ने र ठूला जहाज आउन सक्ने बन्दरगाह खोलेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र एमाले सांसद महेश बस्नेतले देशमा स्थानीय तहको निर्वाचन आएसँगै एमालेको लहर आएको दाबी गर्नुभयो ।

त्यसअवसरमा व्यवसायी दुर्गा प्रसार्इंले भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।