महिला उप-प्रमुखहरू भन्छन्- पाँच वर्ष उप चलायौँ, अब प्रमुखनै बन्ने हाे

सम्झना कार्की /चौतारा (सिन्धुपाल्चोक), १७ चैत ।आगामी ३० वैशाखका लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सिन्धुपालचोकमा चुनावी सरगर्मी बढ्न थालेको छ । जिल्लामा सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षण लगायत काममा जुट्न थालिसकेका छन् । चोक र चिया पसलमा निर्वाचनकै चर्चा हुन थालेकाे छ ।

चुनावी माहोलसँगै सम्भावित उम्मेदवारको चर्चा पनि हुन थालेकाे छ । यही क्रममा यसअघि उप-प्रमुख भइसकेका महिला जनप्रतिनिधिहरूले अब प्रमुखमै दाबेदारी दिने बताएका छन् । संविधानमा स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ व्यवस्था गरेकाे छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुली र बाह्रबिसे नगरपालिकाका उपमेयर शुशीला पाख्रिनले अबकाे निर्वाचनमा मेयरनै दावी गर्ने घाेषणा गरिसकेका छन् ।

चौतारा साँगाचोकगढीकी उपमेयर पराजुलीले उपमेयरका रूपमा क्षमताले भ्याएसम्म राम्रो काम गरेकाले प्रमुखमा स्वाभाविक दाबेदारी रहने बताइन । मैले मेयरमा दाबी गर्नु स्वाभाविक हो । ‘मैले आफ्नो क्षमता देखाएकी छु,’ उपमेयर पराजुलीले न्युज कारखानासँग भनिन्, ‘पाँच वर्षको कार्यकालमा उपमेयरको भूमिकामा रहेर धेरै संघर्ष गरेको छु, धेरै अनुभव बटुलेकी छु, संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीअनुसार निभाउनु पर्ने भूमिका निभाएकी छु, दिनरात नगरको सेवामा खटेर काम गरेकी छु । त्यसैले म मेयर हुन सक्षम छु र मेरो पनि मेयरमा दाव हुनेछ । ’

सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये कम्तिमा चार वटामा प्रमुख र एक सय तीन वडामा २५-३० प्रतिशतमा अध्यक्षको पदमा महिलालाई उम्मेदवार बनाईनु पर्ने उनकाे भनाइ छ ।

बाह्रबिसे नगरपालिकाकी उपमेयर शुशीला पाख्रीन पनि मेयरमा उम्मेदवारी दिने सोचमा छिन् । पाँच वर्षसम्म उपमेयरका रूपमा रहँदा जनताको अपेक्षा पूरा गर्न सक्दो कोसिस गरेको उनकाे भनाइ छ । ‘बाँकी काम प्रमुख भएर पूरा गर्नुछ,’ उनले भनिन् ।

अबको निर्वाचनमा पनि महिलालाई उपमेयरमा मात्रै सीमित गर्नुनहुने उनले बताइन् । उनी भन्छिन्, ‘उपमेयरको पाँच वर्षे अनुभवनै आगामी चुनावमा मेयर दावी गर्ने आधार हो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।