स्थानीय तह निर्वाचनमा विगतको भन्दा उल्लेख्य प्रगति हुन्छ ः नेता पुन

काठमाडौँ, १७ चैत । नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा अघिल्लो पटक भन्दा यस पटक उल्लेख्य प्रगति गर्ने दाबी गरेको छ ।

माओवादील विसं २०७४ को स्थानीय तहको निर्वाचनमा झण्डै एक हजार ३०० वडा र ११६ पालिकामा जीत निकालेको थियो ।

निर्वाचनमा वाम पार्टीमध्ये आफूहरु सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने माओवादीको केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहनुभएका पूर्वमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेता उहाँले भन्नुभयो, “हामी आफ्नै तागतमा विश्वास गछौँ । विगतको भन्दा राम्रो नतिजा हामी निकाल्छौँ ।” उहाँले आफूहरु गठबन्धनको विरोधी नभए पनि कमजोर स्थानमा मात्रै गठबन्धन हुने र सबै स्थानमा भने नहुने स्पष्ट पार्नुभयो ।

अन्य दलको तुलनामा माओवादी कमजोर नभएको तथा जनताको विश्वाससमेत कायम भएकाले त्यसैमा भर पर्नुपर्ने उहाँको भनाइ छ ।

दुई–दुई पटक प्रतिनिधिसभाको विघटन गर्ने, संविधानको मूलमर्म र भावनामा प्रहार गर्ने एमालेसँग जनताको घरदैलोमा जाने एजेण्डा नभएपछि अन्य राजनीतिक दलको तेजोबोधन गर्न लागिपरेको उहाँको भनाइ छ । अन्य पार्टीले जितेका भन्दा माओवादीले नेतृत्व गरेका पालिकाको पाँच वर्षे कार्यसम्पादन अब्बल रहेको, बेरुजु कम भएको, विकास निर्माणको काम प्रभावकारी भएको तथा अन्य सूचकसमेत राम्रो भएको जनाउँदै उहाँले त्यही कुरा लिएर जनतामा जानुपर्नेमा नेता पुनको जोड थियो ।
अग्रगामी एजेण्डा, विचार, राजनीतिलगायतका कारणले पनि अन्य दलभन्दा माओवादी अब्बल रहेको भन्दै उहाँले आफ्नै बलबूतामा आफूहरुले पुनः श्रेष्ठता हासिल गर्ने बताउनुभयो ।

फरक एक प्रसङ्गमा पूर्व अर्थमन्त्रीसमेत रहनुभएका नेता पुनले कोरोनाका कारण संसारभरकै अर्थतन्त्रमा समस्या देखिएका कारण त्यसको असर नेपालमा पनि परेको बताउनुभयो ।“अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्रालयले पहल गरिरहेकै छ । त्यसमा अन्य मन्त्रालयको पनि उत्तिकै साथ र सहयोग रहनु आवश्यक छ । प्रधानमन्त्रीको तहमा नै चासो हुनु आवश्यक छ” उहाँले भन्नुभयो,“दोष जति अर्थमन्त्री र अर्थमन्त्रालयलाई दिएर कोही पनि उम्कन मिल्दैन । यो नेपालको मात्रै समस्या होइन । विश्वभरकै समस्या हो ।” (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।