कान्छामान मोक्तान नवीनको सभापतित्वमा ३१ सदस्यीय काठमाडौ महाभारत सम्पर्क समिति गठन
काभ्रे । नेपाली काङ्ग्रेस पार्टीको कान्छामान मोक्तान नवीनको सभापतित्वमा ३१ सदस्य काठमाडौ महाभारत सम्पर्क समिति गठन गरिएको छ ।

मंगलबार गाउपालिकामा सम्पन्न पार्टीको प्रशिक्षण कार्यक्रमको अवसरमा कान्छामान मोक्तान नवीनको सभापतित्वमा ३१ सदस्य काठमाडौ महाभारत सम्पर्क समिति गठन गरेको पार्टीका बागमती प्रदेश प्रतिनिधि विकास याेञ्जनले जानकारी दिनुभयो ।
नव गठित सम्पर्क समिति उपसभापतिमा कान्छालाल थिङ, उपसभापति वुद्वराज वाईवा , सचिव धनराज थिङ , सचिव टेकेन्द्र वाईवा ,सहसचिव सुरेश रानामगर ,सहसचिव समीर वाइवा र काेषाअध्यक्षमा कान्छामान वाईवा रहेकाछन । त्यस्तै सदस्यहरुमा कपिल लामिछाने , प्रकाश पिठाकाेठे , रवि घलान लगायत रहेकाछन् । नेपाली काङ्ग्रेस पार्टीको महाभारत गाउपालिकामा जित सुनिश्चित भएकाले गठबन्धन आवश्यक नरहेको नेताहरूले बताएका छन् ।
कार्यक्रम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गणेश लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्र ,क्षेत्रिय र जिल्ला स्तरीय नेताहरूको उपस्थिति थियो । कार्यक्रममा व्यापक माहाभारत गाउपालिकाको नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।


