प्रचण्डको छोरी रेनु भन्ने थियो, अहिले रेनुको बुबा प्रचण्ड भएको छ : प्रचण्ड

कुलप्रसाद काफ्ले/चितवन, २३ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो स्थानीय तहको निर्वाचनमा आइपुग्दा रेनुको बुबा प्रचण्ड भन्ने स्थिति बनेको बताएका छन् । भूमिहिन दलितलाई लालपुर्जा वितरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले रेनुको बुबा प्रचण्ड भन्ने भएपछि आफूलाई खुसी लागेको बताए ।

अघिल्लो चुनावमा महानगरको निर्वाचन हुँदै गर्दा रेनु दाहाललाई प्रचण्डकी छोरी भन्ने गरिएकामा अहिले रेनुका बुबा प्रचण्ड भन्ने स्थिती बनेको उनले बताए । ‘२०७४ को चुनावमा आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो । तर मलाई खुसी छ । अहिले आउँदा अब प्रचण्डको छोरी होइन रेनुको बुबा प्रचण्ड भएको छ’, उनले भने ।

‘२०७४ निर्वाचनमा यहाँ रेनु आउँदा सबैले प्रचण्डको छोरी आयो भन्ने गर्थे । प्रचण्डको छोरी । यद्यपि, रेनुको आफ्नै त्याग थियो । आफ्नै तपस्या थियो’, उनले भने, ‘रोल्पा, रुकुम जिल्लादेखि भारतका विभिन्न शहरमा भूमिगत भएर काम गरेको उनको आफ्नै अनुभव थियो ।’

स्थानीय तहको चुनावमा पनि गठबन्धनलाई सँगै लिएर जाने निर्णय भइसकेको भन्दै उनले आ–आफ्नो ठाउँमा सबैजना लचिलो बन्नुपर्ने बताए । ‘सबैले आफ्नो ठाउँबाट त्याग गर्ने मानसिकता लियो भने असम्भव भन्ने केहि छैन’, उनले भने । सबै लचिलो बन्ने र त्याग गर्न सक्ने भएमा समाजवादमा पुग्न सकिने उनले बताए ।

प्रचण्डले स्थानीय तहको निर्वाचनको मुखमा भूमिहिन दलितलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् । उनले भरतपुर महानगरपालिका–२ आँपटारीका ४६ भूमिहिन दलितलाई बुधबार लालपुर्जा वितरण गरेका हुन् ।

३० वैशाख ३० गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले २५ चैतदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ । आचारसंहिता लागु भएपछि लालपुर्जा वितरणलगायत मतदातालाई प्रभावित पार्ने कार्य गर्न नपाउने भएकाले हतारमा लालपुर्जा वितरण गर्न प्रचण्ड बुधबार चितवन आएका हुन् ।

भरतपुर-२ मा मात्र ९८ घरधुरी भूमिहिन दलित छन् । भरतपुर महानगरपालिकामा भूमिहिन दलित एक हजार ९७९, भूमिहिन सुकुमबासी तीन हजार ७८५ र अव्यवस्थित बसोबासी पाँच हजार पाँच गरी जम्मा १० हजार ७७७ सुकुमबासी सूचिकृत छन् । बाँकी सुकुमबासीले निर्वाचनपछि मात्रै लालपुर्जा पाउने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।