ऐसेलुखर्कका अध्यक्ष र उपाध्यक्षले फिर्ता गरे गाडी

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरेका छन् । गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसरमा शुक्रबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले आफूले प्रयोग गर्दैआएको गाडी फिर्ता गरेका हुन् ।

गाउँपालिका अध्यक्ष निरौलाले आफूले चढ्दैआएको बा २ झ ३४९६ नम्बरको स्कार्पियो गाडी र उपाध्यक्ष भुजेलले आफूले प्रयोग गर्दैआएको बा २ झ ४३९४ नम्बरको गाडीको चाबी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गरेका छन् । गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले निर्वाचन आचार संहिता लागू हुन लाग्दा गाडी फिर्ता गरेका हुन् ।

ऐसेलुखर्क गाउँपालिकामा अध्यक्षको प्रयोजनका लागि २०७४ सालमा र उपाध्यक्षको प्रयोजनका लागि २०७५ सालमा गाडी खरिद गरिएको थियो । जनताको नासोको रूपमा प्रयोग गर्दैआएको गाडी फिर्ता गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

डेढ सय क्षमताको सभाहल उद्घाटन

ऐसेलुखर्क गाउँपालिकाले डेढ सय जना क्षमताको सभाहल निर्माण गरेको छ । ४७ लाख ७६ हजार ८०८ रुपैयाँमा समीक्षा निर्माण सेवा, सुनसरीले निर्माण गरेको सभाहल शुक्रबार उद्घाटन गरिएको हो ।

सभाहलमा ५० जना अट्ने स्टेज, करिब सय जना अट्ने ८ स्टेपको प्याराफिट, दुई वटा स्टोर रुम, तीन वटा धारा लगायतका संरचना बनाइएको छ । सभाहल उद्घाटन लगत्तै विशेषसभा सञ्चालन गरिएको थियो ।

Avatar

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।