सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौँ, २८ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय तह प्रयोजनका लागि तयारी र अनुगमन संयन्त्रको बैठकले गरेका निर्णयबारे थप छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरी गठबन्धनको भावना र आपसी समन्वय गर्दै सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

साथै बैठकले प्रदेश र जिल्लाले यही चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति कायम गरेर केन्द्रमा पठाउने निर्णयसमेत गरेको थियो । गठबन्धनको शीर्ष नेतृत्वबाट स्थानीय तह निर्वाचनलगायत आवश्यक समसामयिक विषयमा संयुक्त अपिल जारी गरिने संयन्त्रका सदस्य सचिव एवं प्रधानमन्त्री शेरबहादुर देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।