आज र भोलि देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई राष्ट्रव्यापी रुपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै
धनकुटा । आज र भोलि देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई राष्ट्रव्यापी रुपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै छ । सोही अनुसार धनकुटा जिल्लाका उल्लेखित उमेर समूहका वालवालिकाहरुलाई पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने तयारी गरिएको छ ।
राष्ट्रिय भिटामिन कार्यक्रम अन्तर्गत वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । जसका लागि कार्यलयबाट जिल्लाका सम्पूर्ण पालिकाका स्वास्थ्य शाखालाई जिम्मेवारी दिईसकिएको कार्यलयले उल्लेख गरेको छ ।
सोही अनुसार जिल्लाको छथर जोरपाटी गाउँपालिकाका यो उमेर समूहका करिब २ हजार वालवालिकालाई औषधि खुवाईने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।
पालिकाको विभिन्न ४ स्वास्थ्य चौकीबाट ३६ स्वास्थ्य स्वयम्सेविका मार्फत ६ महिना देखी ५ वर्ष सम्मका वालवालिकालाई भिटामिन ‘ए’ र १ वर्ष देखी ५ वर्ष सम्मका वालवालिकाहरुलाई जुकाको औषधि खुवाईने उहाँले बताउनुभयो ।
त्यस्तैगरि धनकुटा नगरपालिका क्षेत्रमा ४५ स्वास्थ्य स्वयम् सेविकाहरुले आफुलाई पायक पर्ने स्थानबाट औषधि खुवाउने स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिनुभयो ।


