आचार संहिता विपरीतका प्रचार सामग्री हटाइयो

नेपालगञ्ज, ११ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । यसअघि सो समितिले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन सचेत गराएको थियो ।

नेपालगञ्जको त्रिभुवनचोक, सदरलाइन, बागेश्वरी मन्दिर लाइनलगायतका क्षेत्रमा रहेका डिजिटल, बोर्ड, फ्लेक्स बोर्ड, झण्डा, ब्यानर प्रहरीले हटाएको हो । निर्वाचन आचारसंहिता २०७८ मा उम्मेदवारको कार्यालयमा तुल (कपडा)मा बनाइएको ३४३ फिटको दलको झण्डा, त्यही नापको चुनाव चिह्नबाहेक दलको प्रचार–प्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स बोर्डलगायतका श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जिल्लामा भएका अन्य निर्वाचन आचारसंहिताविपरीतका कार्य रोक्न अन्य निर्वाचन अधिकृतको कार्यालयलाई पनि जानकारी गराएको बताउनुभयो ।

यसैबीच बाँकेमा स्थानीय तह निर्वाचनका लागि मनोनयनको सबै तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा सबै सामग्री पुगिसकेको जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।