उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन

काठमाडौँ, २५ वैशाख । सहजरूपमा आधुनिक स्वाथ्योपचारको सेवा पाउन नसकेका उपल्लो मुस्ताङका बासिन्दालाई सोवारिग्पा उपचार विधिमार्फत निःुशल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र सोवा रिग्पा एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा तीन हप्तासम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब एक हजार ७५० जनाको स्वास्थ्य परीक्षण गर्नुकासाथै औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा सोवारिग्पाका ११ चिकित्सक तथा आम्चीहरु सहभागी थिए ।

वातावरण तथा जैविक विविधताको संरक्षण गरी स्थानीय जडीबुटीहरुको सम्बद्र्धन गर्ने उद्देश्यले दुबै गाउँपालिकाका प्रत्येक वडामा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको एशोसिएशनका अध्यक्ष डा (आम्ची) तेन्जिङ धार्के गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, आमा समूहका पदाधिकारी, गाउँका मुखिया र विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता थियो ।

एशोसिएशनले केही वर्षयता वर्षेनी यस किसिमका स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । जलवायु परिवर्तनको प्रभावका कारण उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी विस्तारै लोप हुँदै गएको अवस्थामा तिनको संरक्षण र त्यसका लागि वातावरणीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने गण्डकी प्रदेशका सांसद इन्द्रधर बिष्टले बताउनुभयो ।

कार्यक्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका निर्वतमान अध्यक्ष राजु विष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले पनि सोवारिग्पा प्राकृतिक उपचार विधिलाई विस्तार गर्न पालिकाहरूले सक्दो सहयोग गर्ने बताउनुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖