लण्डनमा मन्त्री कार्कीको सम्बोधनः ‘बुद्ध जन्मस्थानबारेका भ्रम अन्त्य भए’

लण्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् ।

सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै बुद्ध पूर्णीमाका दिन बुद्धभूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थित र मन्तव्यले गौरवान्वित भएको बताएका हुन् ।

बुद्ध पूर्णिमाका दिन भारतीय प्रधानमन्त्री बुद्ध जन्मस्थल लुम्बिनी आएर पूजा र ध्यान गरि बुद्ध नेपाल मै जन्मिएको सन्देश दिनुलाई मन्त्री कार्कीले अन्त्यहीन लडाईं जितेको रुपमा उल्लेख गरेका हुन् । ‘यसले पनि विश्वका कतिपय पर्यटकहरुमा बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम हटेको छ, मन्त्री कार्कीले भने, यस पटकको बुद्ध जयन्ती केवल जन्म जयन्तीको निरन्तरता मात्र होइन, विश्वमै हामी विजय उत्सव पनि मनाइरहेका छौं ।’

मन्त्री कार्कीले विदेशमा बसेका नेपालीहरुलाई महिना को एक दिन देशका लागि बुद्धको दूत बनिदिन पनि आग्रह गरे । मन्त्री कार्कीले भने, ‘हामीले प्रधानमन्त्रीको शारीरिक कमजोरीको कुरा धेरै लेख्यौं । स्थानीय निर्वाचनबारे लेख्यौं तर देशले विजय प्राप्त गरेको खुशीयाली साट्न बिर्सियौं । प्रधानमन्त्रीको सकारात्मक सफलताबारे अनभिज्ञ रहनु र देशले विजय गरेको कुरा महत्व नदिनु बिडम्बना रहयो ।’

बुद्ध फाउन्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसमेतको सहकार्यमा लन्डनको ट्राफल्गर स्क्वायरमा गरेको बुद्धजयन्ती कार्यक्रमको यो पाँचौं संस्करण हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।