गाउँकाे नाम विवादमा परे पछि स्थानिय सर्वोच्चमा, ‘यदुवंशीनगर’ राखिएकाेमा बिराेध

सञ्जय मिश्रा,
रौतहट, ९ साउन। रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नाम, वडा कार्यालयको छाप र लेटरप्याड प्रयोगसम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ। 

प्रशासनिक तहबाट समाधान हुन नसकेको विवादमा सर्वोच्च अदालतले विपक्षीहरूलाई ‘कारण देखाऊ’ आदेश जारी गर्दै लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।

दर्ता नम्बर ०८३–डब्लुओ–०००८ रहेको उत्प्रेषणसम्बन्धी रिटमा रोशन आउजीसहितका स्थानीय निवेदक छन् भने जिल्ला प्रशासन कार्यालय रौतहटसहित सम्बन्धित निकाय विपक्षी छन्।

यसअघि जिल्ला प्रशासन कार्यालय रौतहटले प्रचलित कानुनअनुसार स्वीकृत नाम, छाप र लेटरप्याड मात्र प्रयोग गर्न वडा कार्यालयलाई दुई पटक निर्देशन दिँदै तीन दिनभित्र स्पष्टीकरण मागेको थियो। तर स्थानीयका अनुसार अझै पनि ‘यदुवंशीनगर’ उल्लेख भएका छाप तथा लेटरप्याडको प्रयोग रोकिएको छैन।

स्थानीयहरूको दाबीअनुसार पेटभर्वा नाम दशकौँदेखि सरकारी अभिलेख र नक्सामा कायम रहेको भए पनि २०७४ सालपछि वडा कार्यालयमा ‘यदुवंशीनगर’ नाम प्रयोग हुन थालेपछि विवाद सुरु भएको हो। विरोधपछि केही समय पेटभर्वा नाम प्रयोग गरिए पनि २०७९ को स्थानीय निर्वाचनपछि पुनः पुरानै नाम प्रयोग हुन थालेको आरोप छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सरकारी अभिलेखमा रहेको गाउँको नाम परिवर्तन गर्न मन्त्रिपरिषद्को निर्णय र कानुनी प्रक्रिया अनिवार्य हुने स्पष्ट पार्दै आएका छन्। यही कानुनी आधारमा सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।

बर्तमान वडा अध्यक्ष राम एकवाल यादव र पूर्व वडा अध्यक्ष हिरालाल यादवले गाउँको नाम परिवर्तन गर्न यस अघिनै नगर कार्यपालिका बैठकले गरेको भन्दै पेटभर्वा को स्थानमा लेटर प्याड र छापमा यदुबंशी नगर प्रयोग गर्दै आएका छन्। नामको विवादले गाउँमा दुई समुदाय बिच पटक पटक बिवाद हुँदै आएको छ।

स्थानीयहरूका अनुसार विवादले कानुनी र प्रशासनिक विषयसँगै गाउँमा सामाजिक ध्रुवीकरणसमेत बढाएको छ। अब सर्वोच्च अदालतको निर्णयले यस विवादको टुंगो लगाउने अपेक्षा गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।