नयाँ शैक्षिक सत्र प्रारम्भ : पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थी समस्यामा

गलकोट ११ जेठ । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका छन् ।

बागलुङका दुर्गम भेगका विद्यालयभन्दा जिल्ला सदरमुकाममै रहेको रुद्रेपिपल माध्यमिक विद्यालय, विद्यामन्दिर माध्यामिक विद्यालय र कालिका कन्या माध्यामिक विद्यालयमै पाठ्यपुस्तकको अभाव भएको छ । किताब नपाउँदा अध्ययनमा समस्या भएको विद्यामन्दिर माध्यामिक विद्यालयका विद्यार्थी संस्कार गौतमले बताउनुभयो ।

अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नुपर्ने अवस्था आएको रुद्रैपिपल कक्षा १० मा अध्ययनरत विद्यार्थी योजना थापा मगरले बताउनुभयो । उहाँले करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठनमा समस्या भएको भन्दै अहिले सरकारले पाठ्यपुस्तक समयमै व्यवस्थापन गर्न नसक्दा बालबालिका ठूलो समस्यामा परेको बताउनुभयो ।

जिल्ला सदरमुकामै पढ्ने विद्यार्थीले त पाठ्यपुस्त अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउनसक्ने अवस्था तत्कालै देखिदैन । विद्यार्थीले पाठ्यपुस्त पाउन नसक्दु दुःखद भएको रुद्रेपिपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले बताउनुभयो । उहाँले जिल्ला सदरमुकामकै विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आइनसकेको भन्दै दुर्गमका गाउँमा झनै पुग्न नसक्ने बताउनुभयो ।

“सदरमुकामका ठूला विद्यालय रुद्रेपिपल, विद्यामन्दिर र कालिका कन्या माध्यमिक विद्यालयमा विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आएका छैनन्, हामीलाई पठनपाठनमा समस्या देखिएको छ”, प्रधानध्यापक श्रेष्ठले भन्नुभयो, “सरकारको लापरबाहीकै कारण हो या अन्य कुनै कारण हो यति बेलासम्म पनि विद्यार्थीका हातहातमा पुस्तक पुग्न सकेका छैनन्, जति सक्दो छिटो पाठ्यपुस्तक पु¥याउन आवश्यक देखिन्छ ।”

जिल्लामा पाठ्यपुस्तक ल्याउनका लागि पुस्तक व्यवसायीलाई आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लामा आधा विद्यार्थीले मात्रै अहिलेसम्म पाठ्यपुस्तक पाएको समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो । “आंशिक रुपमा पाठ्यपुस्तक आएको छ, हामीले पुस्तक व्यवसायीलाई समयमै पाठ्यपुस्तक ल्याउनका लागि अनुरोध गरेका थियौँ”, प्रमुख उपाध्यायले भन्नुभयो, “अब केही समयमै सबै विद्यालयमा पाठ्यपुस्तक पुग्ने छन्, हामी विश्वस्त छौँ ।” बागलुङमा सामुदायिक ५१४ र संस्थागत ५९ गरी ५७३ विद्यालय छन् । संस्थागत विद्यालयले पाठ्यपुस्तक पाए पनि सामुदायिक विद्यार्थीले भने आंशिकरुपमा पाठ्यपुस्तक पाएका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।