उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या ! शैक्षिक सत्र सुरु भयो, पाठ्यपुस्तक छैन

उदयपुर, १३ जेठ । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ ।नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो । बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका छन् ।

जिल्लाको उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ताको पर्शुरामपद्मा माविका कक्षा १० मा अध्ययनत छात्र सुरेन्द्र राईले पढ्ने पुस्तक नभएको गुनासो गर्नुभयो । जिल्ला सदरमुकाम गाईघाटमा पुस्तक लिन आउनुभएका उहाँले भन्नुभयो, “विद्यालयमा पठनपाठन सुरु भइसक्यो । पुस्तक लिन गाईघाट आएँ । तर कहीँ पाइएन । रित्तै घर फर्कँदैछु ।”

रौतामाई गाउँपालिका–४ मलबासेका ५५ वर्षीय जीतबहादुर मङ्ग्राती आफ्ना छोराहरूका लागि पुस्तक नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यसपटक समयमै स्कुल त खुल्यो, अहिलेसम्म किताब छैन । कसरी पढाउने, चिन्ता लाग्न थालेको छ ।” अहिले जिल्लाका सरकारी र अधिकांश निजी विद्यालयमा पुस्तक अभाव रहेको शिक्षकले जनाएका छन् ।

जिल्लाका केही निजी विद्यालयमा भने ६० प्रतिशत पाठ्यपुस्तक उपलब्ध भइसकेको भए पनि सरकारी विद्यालयमा भने पाठ्यपुस्तक प्राप्त गर्न नसकेको शिक्षक तथा विद्यार्थीको गुनासो छ ।

बालमन्दिर मावि गाईघाट बोक्सेका प्राचार्य जङ्गबहादुर खड्का भन्नुभयो, “नयाँ शैक्षिकसत्र सुरु भयो । स्थानीय तहको निर्वाचनका कारण केही दिन विद्यालय बन्द भए । अब सञ्चालन हुन थालेका छन् । विद्यालयमा पाठ्यपुस्तक प्राप्त हुन नकसकेको कारण पठनपाठनमा समस्या भएको छ ।”

पुस्तक पसल सञ्चालक विष्णु न्यौपानेले भन्नुभयो, “आफूहरूले त चैतदेखि नै काठमाडौँका पुस्तक प्रकाशक र डिलरहरूसँग पुस्तक मगाए पनि कतिपय पुस्तक अझै प्रकाशन हुन बाँकी रहेको भन्ने उत्तर पाएको कारण अझै पुस्तक उपलब्ध हुन दुई÷चार हप्ता लाग्न सक्छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।