शंकास्पद मृ’त फेला परेका दाहालको शव आफन्तले बुझे

खोटाङ, १५ जेठ । शंकास्पद अवस्थामा मृ’त फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव आफन्तले बुझेका छन् । घटनाको विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाएपछि आफन्तले शव बुझेका हुन् । दाहालको रहस्यमय मृ’त्यु भएको भन्दै छानबिनको मागसहित विरोध प्रदर्शनमा उत्रिएका आफन्तले आइतबार बिहान शव जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

शनिबार जिल्ला अस्पतालबाट जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको मृतकका आफन्त, प्रशासन, प्रहरी लगायतको वार्ताले प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाएपछि मृ’तक परिवार शव बुझ्न तयार भएका थिए । प्रहरी नायव निरीक्षक गोबिन्दकुमार खत्री, प्रहरी सहायक निरिक्षक कुमार बिष्ट, प्रहरी हवल्दार विपिन योगी, प्रहरी हवल्दार कैलाश लिम्बू र प्रहरी जवान सोमप्रसाद पहाडी अनुसन्धान समितिको सदस्य छन् । शनिबार पोष्टमार्टम गरिए पनि घटनालाई शंकास्पद भन्दै शव जिम्मा लिन अस्वीकार गर्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका थिए ।

दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्धेश्यीय सहकारीको कार्यालय रहेको घरको आफ्नै कोठामा शुक्रबार बिहान मृ’त फेला परेका थिए । घटनाको सर्जमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाइल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन् । घटनाको प्रकृति ‘मृ’त्यु नभई ह’त्या भएको’ छोरा नवराज दाहालले दाबी गरे । दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने मागसहित आफन्तले शनिबार जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस प्रदर्शन गरेका थिए ।

दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेका थिए । शव कोठामा खाटमा नभई भुइँमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो । मुखबाट र’गत निस्किएको, आँखामा निलडाम लागेको, नाइटोभन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए । दाहाल बस्दैआएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र र्‍याल चुहिएको पाइएको छ । घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्मढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ ।

यस्तै, नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले दाहालको मृत्यसको विषयमा सत्यतथ्य पत्ता लगाउन र वास्तविकता बाहिर ल्याउन माग गरेको छ ।
मृ’तक दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह–संयोजक थिए । उनी क्षितिज बहुउद्धेश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।