प्रदेश नं १ प्रदेशसभाको १०औँ तथा बजेट अधिवेशन सुरु

विराटनगर, १६ जेठ । प्रदेश नं १ प्रदेशसभाको १०औँ तथा बजेट अधिवेशनको पहिलो बैठक आजदेखि सुरु भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकता पेश गर्नुभयो ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले संसदीय व्यवस्थालाई सुदृढ एवं संस्थागत गर्न प्रतिपक्ष दलका नेताले सदनमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले यातायातका क्षेत्रमा र विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको चर्चा गर्दै उदासीन तथा सूचनाको अभावमा प्रतिपक्ष दलका नेताहरुले अभिव्यक्ति दिनु उचित नहुने उल्लेख गर्नुभयो

मुख्यमन्त्री राईले अहिलेको सरकार सिँगारिएको जस्तो नभएर यथार्थपरक रहेको चर्चा गर्नुभयो । आफ्नो आर्थिक क्षमताभन्दा बाहिर गएर ल्याएको योजनालाई सम्पन्न गर्न वर्तमान सरकार स्रोत र बजेटको व्यवस्थापनमा लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रदेश सरकार अनावश्यक खर्च कटौती गरिरहेको छ ।”

विगतका सरकारले सञ्चालन गरेको योजना अहिले सङ्कटमा रहेको चर्चा गर्दै मुख्यमन्त्री राईले स्रोत र बजेटको व्यवस्थापन नगरी ल्याएका योजना सम्पन्न गर्न सरकार उपाय खोजिरहेको धारणा राख्नुभयो ।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा जनता र जनताबाट छानिएर आएका जनप्रतिनिधिको पनि सल्लाह तथा सुझावलाई समावेश गर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेशको नाम सकेसम्म सहमतिबाट नभए प्रक्रियाबाट टुङ्गो लगाउनुपर्छ, निधारमा लागेको कालो टीकालाई मेटाउन पनि प्रदेशको नामकरण हुनुपर्ने र यसको अगुवाइ नेकपा (एमाले)ले गर्नुपर्छ ।”

दलका नेताहरुबाट शुभकामना

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका नेता भीम आचार्यले लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन जनताको रुचि एवं चाहनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले विगतमा सिद्धान्त र प्राथमिकताका आधारमा ल्याइएका योजना अहिले ठप्प रहेको टिप्पणी गर्दै लोकतन्त्र जनताको सेवा र विकासबाट मात्र अडिन सक्ने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक सूर्यमाराज राईले कसैको पनि स्वेच्छाचारी स्वीकार्य नहुने भन्दै दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो । उहाँले प्रदेशको नामकरण यसै अधिवेशनबाट टुङ्गो लगाउन माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का धीरेन्द्र शर्माले सरकारको दीर्घकालीन महत्व राख्ने योजना बजेटमा राख्नुपर्ने सुझाव दिनुभयो । जनता समाजवादी पार्टी नेपालका रामचन्द्र लिम्बूले सरकारले किसानलाई चाहिने रासायनिक मलको पर्याप्त व्यवस्था गर्नुपर्ने माग गर्दै किसानको उपजको उचित मूल्य र बजारको व्यवस्थामा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

राप्रपाका इन्दिरा राईले खाद्यान्नमा आत्मनिर्भर गर्न किसानको हितमा काम गर्नुपर्ने भन्दै सरकारले रोजगार सिर्जना गर्न र रासायनिक मलको व्यवस्थामा ध्यान दिन माग गर्नुभयो ।

सदनमा विचार राख्ने सबै दलका नेताले तारा एयरलाइन्स दुर्घटनामा दिवङ्गत परिवारप्रति समवेदना व्यक्त गर्दै भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित सबै जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिनुभयो ।

प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाको १०औँ तथा बजेट अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि दलका नेताहरुको बोल्नेक्रम सुरु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।