सुनकोसीस्थित फोक्सिङटारको बेलिब्रिज झिकियो

खोटाङ । खोटाङलाई पूर्वी शहरसँग जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा गत १ पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज वर्षा सुरुसँगै झिकिएको हो ।

गाईघाट–दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले ९ जेठदेखि १५ जेठसम्म लगाएर बेलिब्रिज हटाएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । रेग्मी–भानुमती–चौधरी जेभीले बेलिब्रज हाल्ने र झिक्ने ठेक्का लिएको थियो ।

दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत पर्ने फोक्सिङटारमा ‘आर्क’ डिजाईनको पुल निर्माणमा ढिलाइ हुँदा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ । ३ वर्षअघि मोटरेबल पुल बनिसक्नु पर्ने फोक्सिङटारमा हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । निर्धारित समयमा पुलको काम सम्पन्न नहुँदा फोक्सिङटारमा बेलिब्रिज राख्ने र हटाउने शिर्षकमै नेपाल सरकारको करोडौं खर्च भइरहेको छ । निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीको ढिलासुस्तीका कारण दुई पटक म्याद गुज्रदा समेत १२० मिटर लम्बाई हुने पुलको काम पुरा हुन सकेको छैन ।

दिक्तेल–गाईघाट सिधा यातायात बन्द
५० मिटर लम्बाई भएको सो बेलिब्रिज निकालेपछि दिक्तेल–गाईघाट सिधा यातायात बन्द भएको छ । बेलिब्रिज नहुँदा कम्तीमा ६ महिनाका लागि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो बन्द भएको हो । बेलिब्रिज हटाइएसँगै जिल्लावासी दिक्तेलबाट घुर्मी कटारी हुँदै पुर्वी शहर आउन र जान थालेका छन् । उपभोग्यवस्तु पुर्वी तराईबाट गाईघाट हुँदै भित्रिने गरेकामा पुःन कटारी–घुर्मीको बाटो हुँदै भित्र्याउन थालिएको छ ।

फोक्सिङटारमा २०७३ सालदेखि निर्माण सुरु गरिएको पक्की पुल निर्माण भए बार्‍हैमास दिक्तेलबाट पुर्वी शहर आउ–जाउ गर्ने छोटो र स्थायी मार्ग खुल्ने छ । पुल निर्माणमा भएको ढिलासुस्ती अशर अन्य विकास निर्माणमा समेत परेको छ । २२ चैत २०७३ सम्ममा सम्पन्न गर्नेगरी २३ चैत २०६९ मा सम्झौता भएको पुलको २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरेर काम अघि बढाइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।