सङ्खुवासभामा पहिराले पुरिएर दुई मजदुरको मृ’त्यु

किमाथाङ्का, १८ जेठ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा प’हिराले पुरिएर दुई जनाको मृ’त्यु भएको छ ।

चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा प’हिराले पुरिएर दुई मजदुरको मृ’त्यु भएको हो । मृ’त्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।

आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृ’त्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ ।

विराटनगरमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन
मोरङ, १८ जेठ (रासस) :प्रदेश नं १ सरकारद्वारा विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्रका नागरिकलाई सहजरुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन आजदेखि निःशुल्क स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

विराटनगर–१० स्थित पाँच बिघा क्षेत्रफलमा अवस्थित साविकको कोसी अस्पतालस्थित कोभिड–१९ उपचार केन्द्रमा सञ्चालनमा ल्याइएको उक्त केन्द्रमा बहिरङ्ग सेवा, औषधि, प्रयोगशाला, एक्सरेलगायतका सम्पूर्ण सुविधा नागरिकले निःशुल्क प्राप्त गर्ने जनाइएको छ ।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले अस्पतालको उद्घाटन गर्दै प्रदेशका नागरिकलाई सवल र सहजरुपमा स्वास्थ्य सेवामा पहुँच पु¥याउन केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्य सुरक्षाप्रति सरकार संवेदशील रहेको बताउँदै कोभिडका कारण स्वास्थ्य क्षेत्रमा प्रविधि र उपकरण व्यस्थापनमा प्रगति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब यसको सही र उचित प्रयोग गर्नुपर्छ ।”

मन्त्री यादवले केन्द्रमा उपलब्ध जनशक्तिले नागरिकको सेवामा दत्तचित्त भएर कार्य गर्न निर्देशन दिँदै केन्द्रमा स्वास्थ्यमैत्री वातावरण बनाउन सबैले आफ्नो क्षेत्रबाट जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव अनोज भट्टचनले केन्द्रमा उपलब्ध जनशक्तिको उचित व्यवस्थापन गरिने बताउनुभयो । कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेलले केन्द्रमा विशिष्ट सेवा सहितको बहिरङ्ग सेवा सञ्चालन गर्न आवश्यक चिकित्सक सहितको जनशक्ति उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केन्द्रका निमित्त संयोजक अनुपम राजवंशीले पाँच चिकित्सक, १८ स्टाफनर्सलगायत ५४ कर्मचारी कार्यरत रहेको जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।