ठुलो परिमाणको अबैध सामान सहित भारतिय नागरिक पक्राउ

मोरङ, जेठ १९ । मोरङको बिराटनगर महानगरपालिका-४ बाट राजश्व छली अबैध रुपमा बिराटनगरबाट ईटहरी तर्फ लैजाँदै गरेको ४० लाख बराबरको समान सहित १ जना मानिसलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतिय नागरिक जोगवनी टिकुलियाका ३४ बर्षीय श्याम चौधरी रहेका छन् । चौधरीले BR 33 GB 2627 नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिनरी पार्टस पुर्जा र कपडा लगायत गरी अन्दाजी ४० लाख रुपैयाँ बराबरको सामान अवैध रुपमा राजस्व छलि गरी इटहरीतर्फ लादै गरेको अवस्थामा बिराटनगर-४ बाट प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो ।

अबैध समान सहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टर सहित आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।