खोटाङको साकेला गाउँपालिकाको निर्णय : विपद् जोखिम न्यूनीकरणका लागि ‘२४ घण्टे’ सेवा प्रवाह गर्ने

खोटाङ, २० जेठ । विपद् जोखिम न्यूनीकरणका सन्दर्भमा खोटाङको साकेला गाउँपालिकाले ‘जिरो आवर सर्भिस’को नीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

कार्यपालिकाका ६ जना सदस्यको शपथ ग्रहण, बधाई तथा शुभकामना लगत्तै बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले आपतविपदमा परेका पालिकावासीको सहयोग तथा उद्धारका लागि २४ घण्टा सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

बाढी पहिरो, आगलागी, चट्याङ, दुःख बिमारका कारण जोखिममा परेका नागरिकको सहयोग तथा उद्धारका लागि ‘जिरो आवर सर्भिस’ लागू गर्ने निर्णय गरिएको साकेला गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले बताए । प्रकोप तथा विपत्तिका समयमा तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउनका लागि कार्यपालिका बैठकले आवश्यक नीति तयार पारेर सञ्चालनमा ल्याउने निर्णय गरेको जनाएको छ ।

‘कार्यालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र खुल्छ । भइपरी आउने आपतविपदमा नागरिकलाई २४ घण्टा सेवा गर्ने संयन्त्र छैन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘नागरिक आपतविपदमा परेका समयमा स्थानीय सरकार सुत्दैन । आपतविपदमा सहयोग गरेन वा प्रयत्नसम्म गरेन भने सरकार लोकतान्त्रिक हुन्न ।’

गाउँपालिकाले भइपरी आउने समस्यामा परेका नागरिकलाई जुनसुकै समयमा तत्काल उद्धार, राहत तथा पुर्नस्थापनाको लक्ष्य राखेको छ । विपद् जोखिमका लागि ‘जिरो आवर सर्भिस’ नीतिले भविष्यमा प्रकोप तथा विपत्ति न्यूनीकरणमा रणनीति तयार पार्नमा समेत सघाउ पुग्ने गाउँपालिका अध्यक्ष राईले बताए ।

‘विपत्तिमा परेका जनताको सेवाका लागि अहिलेसम्म संघ, प्रदेश वा अन्य स्थानीय सरकारले सोचेकै देखिन्न । अहिलेसम्म कसैले नगरेको काम सुरु गर्न लागेका हौँ,’ राईले भने, ‘यसबाट प्रकोप तथा विपत्तिको समस्या कसरी सिर्जना हुन्छ, त्यसको समाधान कसरी गर्न सकिन्छ ? प्रेभेन्ट गर्ने उपायका बारेमा अध्ययन गर्न सकिन्छ भन्ने लक्ष्य राखेका छौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।