कटुवा पेस्तोल सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिका-४ स्थितबाट कटुवा पे’स्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन । बिशेष सुचनाको आधारमा आज राती साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरीनगरा ४ का डोमी मेहताको घरमा पाहुना आएका पालको BR 39J 6835 नम्वरको मोटरसाईकलको डिकि भित्र प्लास्टिकमा बाँधी लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली सहित बरामद गरेको हो ।

कटुवा पे’स्तोल सहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

पाठ्यपुस्तकको पर्खाइमा विद्यार्थी
– हुमाकान्त पोखरेल/तम्घास, २४ जेठ (रासस) ः “हालै सम्पन्न निर्वाचनमा मतपत्र त समयमै आयो, तर हाम्रो लागि पुस्तक ल्याउन सकेन सरकारले”, गुल्मीको रेसुङ्गा नगरपालिका–४ स्थित बुद्ध माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत अस्मिता पाण्डेले भन्नुभयो, “ हाम्रो भविष्यमाथि खेलबाड भएको छ ।”

विगतका वर्षमा यो समयमा पुस्तक आए पनि यस वर्ष नआउँदा आफूहरु निराश भएको उहाँले बताउनुभयो । कक्षा ९ मा पढ्ने पवन पन्थीले नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ताभन्दा बढी हुँदासमेत पुस्तक नआउँदा पढाइमा असर गरेको बताउनुभयो । “प्रथम त्रैमासिक परीक्षा आउन थाल्यो, तर अझैसम्म पनि सबै पुस्तक आएका छैनन्,” उहाँले भन्नुभयो, “पुस्तक नै नभएपछि कसरी पढ्ने ?” पन्थीले शिक्षकहरुले पुराना पुस्तकहरु खोजेर पढाए पनि त्यो पर्याप्त नभएको गुनासो गर्नुभयो ।

त्यस्तै कक्षा ६ मा पढ्ने राजु गौतमले पुस्तक छाप्न ढिलाइ हुँदा आफूहरुले पढ्न नपाएको गुनासो गर्नुभयो । “हामीहरु पाठ्यपुस्तकको पर्खाइमा छौँ, कहिले आउँछ खै ?,” गौतमले भन्नुभयो, “सकेसम्म छिटो आए सजिलो हुने थियो ।”

रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माविका प्रधानाध्यापक डोरविक्रम श्रीसले सबै विद्यार्र्थीलाई एक÷दुई वटा मात्र नयाँ पुस्तक वितरण गरिएको बताउनुभयो । विद्यार्थीपिच्छे फरक–फरक पुस्तक दिएर अध्यापन गराएको उहाँले बताउनुभयो । नयाँ पुस्तक नआएपछि विद्यार्थीहरु अध्ययन गर्नका लागि मानसिक रुपमा तयार नभएको श्रीसको भनाइ छ । बुद्ध माविका शिक्षिका शान्ति भण्डारीले कक्षा ४, ७ र ९ को कोर्स फेरिएको भए पनि अनलाइनबाट खोजेर पढाएको बताउनुभयो । तर विद्यार्थीको हातमै पुस्तक हुँदाजस्तो सजिलो भने नभएको उहाँको भनाइ छ ।

चन्द्रकोट गाउँपालिका–१ दिब्रुङस्थित शारदा माविका प्रधानाध्यापक कृष्ण थापाले माग गरिएको पुस्तकको २० प्रतिशत मात्रै उपलब्ध भएको बताउनुभयो । कोर्स परिवर्तन नभएका कक्षाको पुराना पुस्तक खोजेर पढाएको र परिवर्तन भएकाको वेबसाइटबाट डाउनलोड गरेर पढाएको थापाले बताउनुभयो । तर इन्टरनेटबाट डाउनलोड गरेर पढाएको कोर्स प्रभावकारी नभएको थापाले स्वीकार गर्नुभयो । “गाउँमा प्रायःजसो नेट चल्दैन, इन्टरनेट खुल्नै बढी समय लाग्छ,” उहाँले भन्नुभयो, “पुस्तक समयमै नआउँदा अध्ययन–अध्यापनमा धेरै समस्या भएको छ ।”

शिक्षा तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले पुस्तक ल्याउनका लागि आफूहरु निरन्तर सम्पर्कमा रहे पनि नपाइएको प्रतिक्रिया दिनुभयो । पुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री कन्द्रले मतपत्र छाप्दा पुस्तक छाप्न ढिलाइ भएको उहाँले बताउँनुभयो । “हामी पनि पुस्तक आउने आशामा छौँ,” उहाँले भन्नुभयो ।

गुल्मीमा करिब ६५ देखि ६७ हजार पुस्तक आवश्यक पर्ने भए पनि करिब ४० प्रतिशत मात्रै उपलब्ध भएको मरासिनीको भनाइ छ । जिल्लामा सामुदायिक ६६७ र संस्थागत ५४ गरी कूल ६११ विद्यालय छन् । जसमध्ये संस्थागत विद्यालयमा पुस्तक आए पनि सामुदायिकमा आएका छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।