ईलाम र पाँचथरमा सवारी दुर्घटना ! २ जनाको मृ’त्यु, ५ घाइते

विराटनगर, जेठ २८ । ईलाम र पाँचथरमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृ त्यु र ५ जना घाइते भएका छन् ।

हिजो बेलुका साढे ७ बजे ईलाम सुर्योदय नगरपालिका ७ सुकेपोखरी स्थित मेची राजमार्गमा झापाबाट फिक्कल तर्फ जादै गरेको प्रदेश न. १-०१-००१ च ९१९३ नम्बरको स्कारपियो गाडी आफै अनियन्त्रीत भई सडकबाट अं. १०० मिटर तल खसि दुर्घटना भएको थियो । सो दुर्घटनाबाट स्कारपियो गाडीमा सवार घाइते भएका ६ जना मध्ये झापाको बिर्तामोड नगरपालिका ३ बस्ने ५७ बर्षीय ईश्वरी प्रसाद खरेलको B&C अस्पताल विर्तामोडमा उपचारको क्रममा हिजै राती साढे ८ बजे मृ’त्यु भएको हो ।

अन्य घाईतेहरुमा गाडी चालक झापा बिर्तामोड नगरपालिका ५ बस्ने ५० बर्षीय गणेश पराजुली, विर्तामोड ४ का ४५ बर्षीय एकराज बिष्ट, विर्तामोड ४ का ४५ बर्षीय डिल्लि बस्नेत, विर्तामोड ३ का ४७ बर्षीय तस बहादुर प्रधान र विर्तामोड ४ का ५३ बर्षीय सन्तोष श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी हिजै राती सँवा ९ बजे पाँचथर फालेलुङ गा ३ नाम्लोवा स्थित भित्रि कच्चि सडक खण्डमा पञ्चमुखी देखी थोक्लेवुङ तर्फ जाँदै गरेको प्र.१-०२-००३ त १८५४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखी अं.१० फिट तल झरी दुर्घट्ना हुँदा ट्याक्टर चालक सोही स्थान बस्ने २२ बर्षीय को सुरेश साँवालाई ट्याक्टरले किचि घट्नस्थलमै मृ’त्यु भएको थियो।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।