बन्दुक सहित राई पक्राउ

ईलाम, जेठ २८ । ईलाम माइजोगमाई गाउँपालिका २ पिप्लेडाँडा बस्ने ३० बर्षीय प्रदिप राईलाई भरुवा ब’न्दुक सहित पक्राउ गरिएको छ ।

राईलाई हिजो दिउँसो २ बजे इलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गरेको थियो । पक्राउ परेका राईको थप अनुसन्धान भइरहेको छ ।

बेगखोलामा झोलुङ्गे पुल निर्माण
म्याग्दी, २८ जेठ (रासस) ः बर्खामा बाढी आएर आवतजावतनै बन्द हुने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बेगखोलामा बाढी आउँदा आवतजावत आवरुद्ध हुने र जोखिमपुर्ण यात्रा गर्नुपर्ने समस्या हटाउन झोलुङ्गे पुल बनाइएको हो ।

पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत ८० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको जनाएको छ । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले २०७८ कात्तिकमा करसहित रु २९ लाख ३८ हजारमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्ट्रक्सनले पुल निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो ।

सरकारले उपलब्ध गराएको लठ्ठा र बुल्डअफ ग्रिपबाहेक रु ३५ लाख ८३ हजार २५८ लागत अनुमान गरिएको थियो । २०७९ असार १५ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि करिब एक महिनाअघिनै काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि शिव माझीले बताउनुभयो ।

विसं २०७३ भदौ १७ गतेको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ वटा घर बगाएको थियो । एक जना बेपत्ता भएका थिए । मोटरेबल र झोलङ्गे पुल नहुँदा बर्खायाममा पैदलयात्रु र सवारी साधन जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या थियो ।

यसैगरी सडक विभागको पुल महाशाखाले बेगखोलामा ११ मिटर चौडाइ र ७० मिटर लामो मोटर चल्न पुल निर्माण थालेको छ । पुल निर्माणका लागि विसं २०७८ असार २९ गते बिओकेआइ÷हिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको थियो । पुलको डिजाइन निर्माण व्यवसायीले आफैँ डिजाइन र निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको हो । विसं २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म तिप्ल्याङतर्फ र बीचको दुई वटा पिल्लर ठडाइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।