धनकुटामा जारी पालिका स्तरीय महिला फुटबल प्रतियोगितामा धनकुटा नगरपालिकाको बिजयी सुरुवात
धनकुटा । धनकुटामा आजदेखि सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको धनकुटाका पालिका स्तरीय महिला फुटबल प्रतियोगितामा धनकुटा नगरपालिकाले बिजयी सुरुवात गरेको छ ।
धनकुटाको तल्लो टुडिखेलमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा महालक्ष्मी नगरपालिका लाई ८–० गोल अन्तरले पराजित गर्दै धनकुटा नगरपालिका विजयी भएको छ ।
खेलको उत्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलेगर्नु भएको थियो । प्रतियोगितामा धनकुटा जिल्लाका सात वटै पालिकाका सवै टिमहरुको सहभागिता रहेको छ ।
भोलिको पहिलो खेल शहिदभूमि गाउँपालिका र साँगरीगडी गाउँपालिका बीच हुने छ भने दोस्रो खेल चौविसे गाउँपालिका र पाख्रीबास नगरपालिका बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिता असार १ गते सम्म संचालन हुने छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजार र दोस्रो हुनेलाई नगद रु ३० हजार ट्रफि, नगद र प्रमाणपत्र रहेको आयोजकले बताएको छ ।


