विपत्मा उद्धारको अभ्यास गर्दै सुरक्षाकर्मी, महसुसको सिकाई महत्त्वपूर्ण हुन्छः मन्त्री कार्की

विराटनगर । वर्षाको समयमा विपत् भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत् पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिवार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कार्कीले उद्धारका क्रममा पडितहरुलाई तत्काल राहत कसरी दिने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा नेपाली सेनाले गरेको पूर्व अभ्यासको कार्यक्रम महत्त्वपूर्ण र उपलब्धिमूलक हुने बताए ।

पूर्व अभ्यासका क्रममा अभ्यासमा खटिएका सुरक्षाकर्मीको टिमले विपत् भएकै अवस्थाको अभ्यास गरेका थिए । मन्त्री कार्कीले आफूले देखेको, सुनेको तथा पढेको भन्दा पनि आफैले महसुस गरेको सिकाई महत्त्वपूर्ण सिकाई हुने भएकाले पनि पूर्व अभ्यासको कार्यक्रम महत्त्वपूर्ण हुने बताए ।

मन्त्री कार्कीले विपत् प्रभावित क्षेत्रको नस्काङकनका साथै त्यस ठाउँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्नका लागि पनि केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । पूर्व अभ्यास कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै रेडक्रसका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।