निमित्त प्रदेश प्रहरी प्रमुखबाट भिडियो कन्फ्रेन्सद्वारा निर्देशन

बिराटनगर, जेष्ठ ३१ । १ नम्वर प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीबाट १ नम्वर प्रदेशका जिल्ला प्रहरी कार्यालय प्रमुख लगायत मुद्धा चल्ने प्रहरी कार्यालयहरुका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिनु भएको छ ।

आज बिहान ११ बजे निर्देशनका क्रममा बिभिन्न किसिमका अपराधिक गतिबिधिलाई निरुत्साहित गर्न अहोरात्र प्रहरी परिचालन गर्ने र हिरासत ब्यवस्थापनमा बिशेष ध्यान दिई त्रुटी रहित तवरबाट कार्य सम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भयो ।

उक्त भिडियो कन्फ्रेन्समा अपराध अनुसन्धान शाखाका शाखा प्रमुख तथा हिरासत ब्यवस्थापन अधिकृतहरुलाई समेत निर्देशन दिनु भएको थियो ।

राप्रपाको बैठक असारमा
काठमाडौँ, ३१ असार (रासस) ःराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने प्रचार विभागका सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

देशैभरबाट सहभागी हुने नेताले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक कार्यबारे बैठकमा रिपोटिङ गर्ने छन् । सातै प्रदेशमा सङ्गठनको अवस्था, कार्ययोजनाबारे प्रदेश प्रमुखले जानकारी गराउनका साथै आगामी प्रदेश र सङ्घीय निर्वाचनमा जनवर्गीय सङ्गठन परिचालन गरी पार्टीलाई धेरै स्थानमा विजयी बनाउन आवश्यक रणनीति बैठकमा तयार पारिने छ । पार्टीले विभिन्न विभागमा प्रमुख नियुक्त गरी जिम्मेवारी दिएको छ भने केहीमा प्रमुख तोक्ने कार्य जारी छ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।