धनकुटामा जारी पालिका स्तरीय महिला फुटबलको उपाधि धनकुटा नगरपालिकालाई

धनकुटा,३१ जेठ । धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको धनकुटाका पालिका स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको छ ।

धनकुटाको तल्लो टुडिखेलमा आज भएको फाइनल खेलमा चौबिसे गाउँपालिका लाई ३–० गोल अन्र्तरले पराजित गर्दै उपाधी जितेको हो ।

उपाधि संगै धनकुटाले नगद ५० हजार र दोस्रो हुने चौबिसे गाउँपालालिकाले नगद ३० हजार प्रमाणपत्र प्राप्त गरेका छन् ।

संसदीय छानबिन समिति माग गर्दै एमालेको संसद् अवरोध
काठमाडौँ, ३१ जेठ (रासस) : प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद् अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

आगामी आवको विनियोजन शीर्षकमाथिको छलफल चलिरहँदा एमाले सांसदले उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो । त्यसअघि अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक महत्वका विषयमा जवाफ दिनुभएको थियो । एमाले सचेतक विशाल भट्टराईले अर्थमन्त्रीको जवाफमा चित्त नबुझेको र सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नसक्ने बताउनुभयो ।

भोलिको बैठकमा कानून न्याय तथा संसदीय मामिला, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि, गृह, रक्षा, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते बिहान ११ बजे बस्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।