पांचथरमा मोटरसाइकल दुर्घटना,१ जनाको मृ’त्यु
पाँचथर, असार ३ । पाँचथरको हिलिहाँङ गाउँपालिका-७ स्थित मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक हिलिहाङ-४ का ३६ बर्षीय रमेश योङयाको मृ त्यु भएको छ ।
आज बिहान साढे ८ बजे लोकमार्ग अन्तर्गत एक्चेप्पा स्थित भिरमा अड्किएको अवस्थामा फेला परेका योङयालाई ईलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले भिरबाट निकाली उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्याउनासाथ डाक्टरले चेक जाँचको क्रममा मृत घोषणा गरेको हो ।
योङया हिजो बेलुका ५ बजे ONTEST पल्सर मोटरसाईकलमा घरबाट सदरमुकाम फिदिम हिडेका थिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।


