वर्षा र पहिरोले शैक्षिक संस्था बन्द

फुङ्लिङ, ३ असार । निरन्तर वर्षा र पाढीपहिराका कारण सिदिङवा गाउँपालिका र सिरिजङ्गा गाउँपालिका भित्रका सबै शैक्षिक संस्थाहरु बन्द भएको छ । निरन्तर वर्षाले खोलामा पानीको सतह बढेको र विद्यालय जाने बाटोहरु भत्किएर जोखिम भएसँगै गाउँपालिकाले विद्यालयहरु बन्द गरिएको हो ।

निरन्तरण वर्षा पहिराका कारण अर्को सूचना प्रकाशन नगरेसम्मका लागि स्कुल बिदाको निर्णय गरिएको सिदिङवा गाउँपालिकाका सूचना अधिकारी सेमन्त भट्टराईले बतानुभयो । सदिङवा गाउँपालिकाले बिहीबारदेखि नै विद्यालय बन्द गरेको छ भने सिरिजङ्गा गाउँपालिकाले आजदेखि अर्को सूचना प्रकाशन नगरेसम्मको लागि गाउँपालिका भित्रको सबै विद्यालयहरु बन्द गर्ने निर्णय भएको सिरिजङ्गा गाउँपालिकाको उपाध्यक्ष चित्र माबोले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खोलामा पानीको सतह बढेको छ । विद्यालय आउने जाने बाटो भत्किएपछि आउन जान नसक्ने भएपछि अर्को सूचना नआएसम्मका लागि शैक्षिक संंस्थाहरु बन्द गर्ने निर्णय भएको छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।